site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
संसद्‌मा उठ्यो 'बालशोषण'को आरोप लागेकी एमाले सांसदलाई कारबाही गर्न माग

काठमाडौं । नेपाली कांग्रेसकी सांसद रमा कोइराला पौडेलले लुम्बिनी प्रदेश सांसद रेखा शर्मालाई कारबाही मागको गरेकी छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा उनले बाल श्रम शोषण गरेको आरोप लागेकी एमालेकी प्रदेश सांसद शर्मालाई कारबाही गनुपर्ने धारणा राखिन् ।

“निकृष्ट प्रकारले बाल श्रम प्रयोग गरेको देखिन्छ । माननीयज्यू, जो कानुन बनाउनुहुन्छ,” उनले भनिन्, “कानुनले नै बालश्रमलाई निषेधित गरेको छ । कानुन बनाउने नै बालश्रम प्रयोग गर्ने ? त्यस्ता व्यक्तिलाई सरकारले कारबाही गर्नुपर्छ ।”

सोही विषयमा केही समयअघि काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले प्रदेश सांसद शर्मालाई कारबाही कहिले गर्ने भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गरेका थिए । तर, सांसद शर्माले आफूले शोषण नगरेको बताउँदै आएकी छन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ २४, २०८१  १४:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro