site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
के हो बालेन 'स्टाटस'को अन्तर्य ?, सांसद शर्माको जवाफ– पाँच वर्ष पढाएँ, कसरी बालशोषण भयो ?
SkywellSkywell

काठमाडौं । नेकपा (एमाले)की लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्माले बालशोषण गरेको आरोप लगाउँदै काठमाडौं महानगरपालिकाका मेयर बाले बालेन शाहले आइतबार साँझ एउटा फेसबुक स्टाटस लेखे । प्रदेश सांसद शर्माको फोटोसहितको पोस्ट गरेका बालेनले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि आक्रोश पोखेका थिए ।

"(रेखा शर्मा)ले एकजना नाबालिकालाई आठ वर्षसम्म घरेलु कामदारको नाममा हिंसा गर्दै आउनुभएको छ । दैनिकरूपमा कुटपिट गर्दै आउनुभएको छ । महानगरले विगत दुई महिनादेखि कारबाही गर्न भन्दा पनि यो सरकारले समातेको छैन," बालेनले लेखेका छन् ।

उनले अगाडि थपेका छन्, "सम्माननीय प्रधानमन्त्री खड्कप्रसाद ओलीज्यू, सुशासन भनेको अदालतले नि समाऊ भनेको तपाईंका सांसद रेशा शर्मालाई बालशोषण गरेको मुद्दा समाउनलाई भन्दछ ? कहिले समाउने कि नसमाउने ?"

Dabur Nepal
NIC Asia

बेलाबेला स्टाटसमार्फत नै हलचल ल्याइरहने मेयर बालेनको पछिल्लो स्टाटसले फेरि हंगामा भएको छ । विशेष गरी, एमालेका नेताहरू बालेनमाथि खनिएका छन् ।

के हो विषय ?

काठमाडौं महानगरले बालिका उद्धार गरेको तीन महिना हुन लाग्दासमेत आरोपित सांसद शर्मा कानुनी दायरमा ल्याउन नसकेपछि बालेन आक्रोशित बनेका हुन् ।

प्रहरीका अनुसार, सांसद शर्माको धुम्बाराहीस्थित घरबाट महानगरको टोलीले गत जेठ १४ गते १४ वर्षीया ती बालिकालाई उद्धार गरेको थियो । प्रहरीका अनुसार, सांसद शर्मा दाङ बस्दै आएकी छन् । धुम्बाराही घरमा भने ती बालिका र शर्माकी छोरी बस्दै आएकी थिइन् ।

शर्माकी छोरीको पनि भक्तपुरका बिहे भएपछि बालिका प्रायः एक्लै हुने गरेकी थिइन् । कहिलेकाहीँ शर्माको परिवार काठमाडौं बस्न आउने गरेको र त्यसैको सहयोगीका रूपमा बालिका राखिकी थिइन् । उनी धुम्बाराही स्कुलमा पढ्दै पनि आएका थिइन् ।

शर्माले आफ्नो घरमा रहेकी बालिकालाई महानगरपालिकाले गैरकानुनी तरिकाले थुनामा राखेको भन्दै सर्वोच्चमा अदालतमा बन्दी पत्यक्षीकरणको रिट दिइन् । सर्वोच्चले‍ उनको रिट खारेजमात्रै गरेन, परिवारका सदस्यलाई भेट्न दिने गरी महानगरलाई नै पालनपोषण गर्न अनुमति दियो । महानगरले शर्मालाई पक्राउ गरेर अनुसन्धान गर्न माग गर्दै काठमाडौं प्रहरी परिसरमा निवेदन दियो ।

तर, शर्मा फेरि बन्दी प्रत्यक्षीकरणको रिट लगेर उच्च अदालत पाटन पुगिन् । उच्च अदालतले समेत उनको रिट खारेज गर्‍यो । तर, शर्मामाथि अझै कानुनी प्रक्रिया अघि नबढेपछि बालेनले सामाजिक सञ्जालबाट आक्रोश पोखेका हुन् ।

काठमाडौं महानगरपालिका प्रवक्ता नवीन मानन्धरले भने आफूलाई घटनाबारे जानकारी नभएको बताए । उनले भने, "मेयर साबको त्यो व्यक्तिगत कुरा होला । मलाई चाहिँ घटनाबारे जानकारी छैन ।"

कसरी भयो उद्धार ?

प्रहरीका अनुसार, काठमाडौं महानगरपालिकाले दुई महिनाअघि महानगरअन्तरर्गतका सरकारी स्कुलहरूमा पढ्ने बालिकाहरूको विवरण भर्न लगाएको थियो ।

त्यसमा घरेलु कामदारको बारेमा समेत उल्लेख गरिएको थियो । त्यही विवरणका आधारमा महानगरले घरेलु कामदारको रूपमा घरमा रहेका नाबालिकाहरूलाई छुट्टै काउन्सिल गरेर श्रम शोषणबारे जानकारी गराएको थियो ।

सोही क्रममा ती बालिकाले पनि शर्माको परिवारबाट आफू शोषणमा परेको बताएपछि उनलाई उद्धार गरेको थियो ।

सोही प्रकृतिको आधारमा एक नाबालिकाले आफूमाथि घरायसी कामदारको रूपमा राखेर यौन शोषणसमेत गरेको उजुरी प्रहरीमा गरेपछि उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत प्रहरी निरीक्षक विदुर शिवाकोटीलाई बलात्कार अरोपमा पक्राउ गरेर मुद्दासमेत चलाएको थियो ।

हाल उनी पुर्पक्षका लागि थनुामा छन् । काठमाडौं प्रहरीका एसपी नवराज अधिकारीका अनुसार, महानगरको उजुरीपछि प्रहरी अनुसन्धानका लागि शर्माविरुद्ध पक्राउ पुर्जी जारी गर्न अदालत पुगेको थियो । तर, अदालतले पक्राउ पुर्जी जारी नगरेको उनको भनाइ छ ।

सांसद शर्माले भने ती बालिकालाई घरमै राखेर आफूले २ देखि ७ कक्षासम्म पढाएको बताइन् । यस्तो अवस्थामा महानगरले कसरी लियो भन्ने जानकारी आफूलाई नभएको उनको भनाइ छ ।

"ती बालिका र मेरो छोरी काठमाडौंमा बस्नुहुन्थ्यो । छोरीसँग बस्ने भएकाले छोरीले नै बालिकाको रेखदेख गरेकी हुन् । म त सासंद, दाङतिर नै बस्छु । मेरो परिवार पनि यतै हुनुहुन्छ । हामी यता भएका बेला कसरी उहाँहरूले उद्धार गर्नुभयो ? जानकारी छैन," सासंद शर्माले भनिन् ।

उनले आफूहरू बन्दी प्रत्यक्षीकरणको रिट लिएर अदालतसमेत नगएको उनको दाबी छ । "बालिकाकै बुबा आमा जानुभयो होला, हामी त गएका छैनौँ," शर्माले भनिन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ १७, २०८१  १७:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu