site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
'बालशोषण'को आरोप लागेकी एमाले सांसदलाई कारबाही नगरेको भन्दै ओलीमाथि खनिए बालेन
Tiktok banner adTiktok banner ad

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नेकपा (एमाले)की प्रदेश सांसद रेखा शर्मामाथि नाबालिकालाई घरेलु कामदार राखेर हिंसा गरेको आरोप लगाएका छन् ।

"वहाँले विगत आठ वर्षदेखि बन्दी बनाएर, एकजना नबालिकालाई घरेलु कामदारको नाममा हिंसा गर्दै आउनु भएको छ, दैनिकरूपमा कुटपिट गर्दै आउनुभएको छ," आइतबार सामाजिक सञ्जालमार्फत बालेनले भनेका छन् ।

काठमाडौं महानगरले दुई महिनादेखि कारबाही अगाडि बढाउन आग्रह गर्दा पनि सरकारले बेवास्ता गरेको उनको आरोप छ । सांसद शर्माको विषयमा कुनै कारबाही नभएको बताउँदै उनले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि आक्रोश पोखेका छन् ।

"अदालतले पनि मुद्दा चलाऊ भनेर भनिसकेको छ । सम्माननीय प्रधानमन्त्री खड्गप्रसाद ओलीज्यू, सुशासन भनेको अदालतले नि समाऊ भनेको, तपाईंको सांसद रेखा शर्मा जसलाई बाल शोषण गरेको मुद्दा छ, समाउनलाई भन्दछ । सायद तपाईंका लागि सुशासनको अर्थ सो बालिकाको मृत्युपछि गोहीको आँसु चुहाएर फेसबुकमा समवेदना दिँदै एक लाख घोषणा गर्नु नै होला । कहिले समाउने ? कि नसमाउने ?," बालेनले भनेका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ १६, २०८१  २१:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro