site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सीजीको साना घरायासी समान किन्दा १० ग्राम सुनको सिक्का जित्न सकिने

काठमाडौं । सीजी स्मार्ट डोमेस्टिक एप्लायन्स (एसडीए)ले चाडपर्वलक्षित योजना सार्वजनिक गरेको छ । एसडीएले दसैँतिहार र छठ पर्वलाई लक्षित गरी नयाँ योजना ‘दसैँमा १०’ अफर ल्याएको हो ।

योजनाअन्तर्गत १० भाग्यशाली ग्राहकले १०/१० ग्रामका १० सुनका सिक्का जित्न सक्नेछन् । योजना सीजीका साना घरायसी उपकरणमा मात्र लागु रहेको कम्पनीले जनाएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यो योजनामा सहभागी हुन ग्राहकले सीजीका कुनै पनि साना किचन एप्लायन्स खरिद गरी विज्ञापन वा सामान किनेको पसलमा दिइएका क्यूआर कोड अनिवार्य रूपमा स्क्यान गर्नुपर्नेछ । स्क्यान गरेपछि आफ्नो व्यक्तिगत विवरण भरेपछि मात्र योजनामा योग्य हुने कम्पनीले जनाएको छ ।

योजना यही भदौ २३ गतेदेखि नेपालभर सीमित अवधिका निम्ति लागु हुने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, भदौ २३, २०८१  १७:४९
प्रतिक्रिया दिनुहोस्