अर्थ व्यवसाय
काठमाडौं । सरकारले कोरोना बिमाबापतको रकम नदिएको भन्दै बिमा कम्पनीहरूले सर्वाेच्च अदालतमा रिट हालेका छन् । १४ वटै निर्जीवन कम्पनीका तर्फबाट आइतबार रिट दायर गरिएको नेपाल बिमक संघका महासचिव अशोककुमार खड्काले जानकारी दिए ।
सरकारले कोरोना बिमाबापतको करिब ११ अर्ब रुपैयाँ दिन बाँकी रहेको संघको भनाइ छ । मुद्दाको छिनोफानोसँगै कोरोना बिमा भुक्तानीको विषय टुंगो लाग्ने अर्थ मन्त्रालयका अधिकारी बताउँछन् ।
कोरोनाको समयमा बिमा प्राधिकरणले गलत नीति लिँदा अहिलेको अवस्था सिर्जना भएको बताइँदै आएको छ ।
प्रकाशित मिति: आइतबार, भदौ २३, २०८१ १३:५०
प्रतिक्रिया दिनुहोस्