site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कालीकोटमा हाइस दुर्घटना, आठजना घाइते
प्रतीकात्मक तस्बिर ।
Tiktok banner adTiktok banner ad

कालीकोट । कर्णाली राजमार्गअन्र्तगत कालीकोटको तिलागुफा नगरपालिका–५, खल्लागाडमा हाइस (गाडी) दुर्घटना हुँदा आठजना घाइते भएको छन् । जुम्लाबाट सुर्खेत जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ००९८ नम्बरको हाइस शनिबार दिउँसो दुर्घटना हुँदा आठजना घाइते भएका र तीमध्ये पाँचको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

हाइसमा १८ जना सवार थिए । घाइते हुनेमा जुम्लाको सिंजा गाउँपालिका–३ का ५२ वर्षीय धनमाने सार्की, ६० वर्षीय मनजिते सार्की, ६५ वर्षीया जर्मा सुनार, ६४ वर्षीया मनकन्या चौलागाईं, जुम्लाकै कनकासुन्दरी गाउँपालिका–६ का ३९ वर्षीय कर्ण भण्डारी, कालीकोटको तिलागुफाका तिलप्रसाद न्यौपाने, जयचन्द्र चौलागाईं र पूर्णप्रसाद चौलागाईं रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गोविन्द चौधरीले जानकारी दिए ।

राचुली नगर अस्पतालमा प्राथमिक उपचारपछि घाइतेलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ । गाडीको ‘ब्रेक’ नलागेर दुर्घटना भएको प्रारम्भिक अनुमान छ । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ २२, २०८१  १८:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro