site stats
बाह्रखरी :: Baahrakhari
देश
४० कर्मचारीलाई निजामती सेवा पुरस्कार प्रदान 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ४० कर्मचारीलाई निजामती सेवा पुरस्कार प्रदान गरेका छन् । सिंहदरबारमा शनिबार २१औँ निजामती सेवा दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले २०औँ निजामती सेवा दिवसका अवसरमा घोषणा गरिएका कर्मचारीलाई पुरस्कार प्रदान गरेका हुन् ।

प्रधानमन्त्री ओलीले १० उत्कृष्ट निजामती सेवा पुरस्कार र ३० निजामती सेवा पुरस्कार पाउने कर्मचारीलाई ताम्रपत्रसहित पुरस्कृत गरे । उत्कृष्ट कर्मचारीमा थानेश्वर गौतम, बुद्धबहादुर गुरुङ, कविन्द नेपाल, मानबहादुर खड्का, रामप्रसाद लम्साल, ढुण्डीराज लामिछाने, चन्द्रप्रसाद मिश्र, सुनिलकुमार केसी, लक्ष्मीकृष्ण हमाल र शुभलक्ष्मी लामा छन् । उक्त पुरस्कार एक लाख रुपैयाँ राशिको छ ।

Argakhachi Cement Island Ad

प्रधानमन्त्री ओलीले निजामती सेवा पुरस्कार डा. रोशनीलक्ष्मी तुईतुई, कुमार घिमिरे, सुकदेव लम्साल, रेविका अमात्य, राजकुमार केसी, होमनाथ भट्टराई, संगीता स्वाँर, डा. डमरुवल्लभ पौडेल, नारायणप्रसाद ज्ञवाली, चुडाराज सापकोटा, शोभा गिरी, नरबहादुर नेगी, मीन पौडेल, सुशीला ज्ञवाली, किशोर पन्थीलाई प्रदान गरे ।

यस्तै, नवराज तामाङ, सुजन जोजिजु, युक्तप्रसाद सुवेदी, मनिता न्यौपाने, शशिधर सेढाइँ, ठाकुरप्रसाद भट्टराई, मनोजकुमार महतो, राजु कटुवाल क्षेत्री, हुर्मत विक, देवकला अर्याल, उमेश भट्टराई, रामप्रकाश साह, दीपकराज पन्त, शान्ता महर्जन र जवाहरलाल अहिरलाई निजामती सेवा पुरस्कार प्रदान गरिएको छ । उक्त पुरस्कार ५० हजार रुपैयाँ राशिको छ ।

पुरस्कार वितरण समारोहमा मुख्यसचिव एकनारायण अर्यालसहित उच्चपदस्थ कर्मचारीको सहभागिता थियो । सोही कार्यक्रम यो वर्षको उत्कृष्ट निजामती सेवा र निजामती सेवा पुरस्कार घोषणा गरिएको थियो । सरकारले हरेक वर्ष कर्मचारीलाई सर्वोकृष्ट, उत्कृष्ट र सेवा पुरस्कार प्रदान गर्दै आएको छ । रासस

प्रकाशित मिति: शनिबार, भदौ २२, २०८१  १४:२१
प्रतिक्रिया दिनुहोस्