site stats
बाह्रखरी :: Baahrakhari
देश
लाओसबाट नौ नेपालीको उद्धार गरेर नेपाल पठाइयो 
Argakhachi Cement Island Ad

काठमाडौं । थाइल्यान्डको बैंककस्थित नेपाली दूतावासले लाओसबाट नौजना नेपालीलाई उद्धार गरेर नेपाल पठाएको छ । 

उनीहरू मानव तस्करको प्रलोभनमा परी लाओस पुगेको जनाइएको छ । उनीहरूलाई लाओसको बोकियो प्रास्तस्थित गोल्डेन ट्रयाङ्गल स्पेसल इकोनोमिक जोनबाट उद्धार गरिएको हो ।

लाओसका सरकारी निकाय र आप्रवासन सम्बन्धि अन्तर्राष्ट्रिय संगठन (आईओएम)को सहयोगमा नौ जनालाई उद्धार गरी नेपाल पठाइएको बैंककस्थित नेपाली दूतावासले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ २१, २०८१  १५:३५
प्रतिक्रिया दिनुहोस्