site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एकैपटक १० वटा गीत गाउँदै विष्णु माझी ? त्यसअघि दशैँ गीत गाउँदै  

काठमाडौं । गायिका विष्णु माझीको तीज गीतको चर्चा सेलाउन नपाउँदै अर्को गीत आउने भएको छ । उनको स्वरमा दशैँको गीत आउने भएको हो । 

सुन्दरमणि अधिकारी अहिले दसैँको गीत ल्याउने तयारीमा जुटिसकेका छन् । स्रोतका अनुसार उनी भिडियो निर्माणको तयारीमा छन् । सुन्दरमणि विष्णु माझीका श्रीमान् हुन् । 

“तीजको गीतपछि अब विष्णु माझीको स्वरमा दशैँको गीत आउँदैछ । सुन्दरमणिजी अहिले दशैँ गीतको तयारीमा जुटिसक्नु भएको छ,” स्रोतले भन्यो, “गीतको भिडियो पनि निर्माण गर्ने तयारी भइरहेको छ । उहाँले पछिल्लो समय काम गरिरहेका कोरियोग्राफर र प्राविधिकसँग भिडियोको काम गर्दै हुनुहुन्छ ।” 

केही वर्षदेखि अरुका गीत विष्णु माझीले गाएकी छैनन् । तीजका गीतमै उनको स्वर सीमित भइरहेको छ । 

तर, अहिले एउटा समूहले विष्णु माझीलाई बल्कमै गीत गाउन लगानउ तयारी गरिरहेको छ । अनामनर कार्यालय रहेको उक्त समूहले विष्णु माझीलाई एकै पटक १० वटा गीत गाउन लगाउने तयारी गरिरहेको छ । 

“त्यो समूहले सुन्दरमणिलाई प्रस्ताव गरिसकेको छ । सम्भवत कुरा मिल्यो भने विष्णु माझीले १० वटा गीत गाउनुहुनेछ,” स्रोतले भन्यो, “तर पैसा लगायत केहीमा कुरा मिल्न बाँकी रहेको मैले सुनेको छु । उक्त समूहले सुन्दरमणिलाई मनाउन सक्यो भने लगातार विष्णु माझीका १० वटा गीत आउनेछन् ।” 

नेपालका टपटप कलाकार राखेर विष्णुका गीतमा भिडियो बनाउने सो समूहको लक्ष्य रहेको स्रोतले बतायो । 

तीन वर्षअगाडि अरुका गीत गाउँदा विष्णु माझीले एउटा गीत गाएको दुई लाख रुपैयाँ लिन्थिन् । त्यसपछि सुन्दरमणिले पुनः त्यसमा पनि पारिश्रमिक बढाउन खोजेपछि विष्णुलाई हालसम्म कसैले पनि गीत गाउन लगाएका छैनन् । 

अब उनले अरुका गीत गाइन् भने प्रतिगीत गाइदिएको कति पारिश्रमिक लिन्छिन् होला त्यो भने हेर्न बाँकी छ । 

केही समय अगाडि मात्रै विष्णु माझीको स्वरमा ‘आइन आमा यो तीजमा...’ बोलको गीत गाएकी थिइन् । जसको ठूलो चर्चा भएको थियो । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, भदौ २१, २०८१  १४:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro