site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
वालिङको सहज जित, कर्णालीको पहिलो हार

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) महिला लिगमा वालिङ नगरपालिकाले कर्णाली प्रवेशविरुद्ध ४–० को फराकिलो जित निकालेको छ ।

बिहीबार सातदोबाटोस्थित एन्फा मुख्यालयको मैदानमा वालिङलाई जित दिलाउन युगान्डाकी फरवार्ड ज्याकलीन नसालीको ह्याट्रिक गरिन् । यस्तै, सुक्रिया मियाले एक गोल थपिन् ।

खेलको १०औँ मिनेटमा वालिङले पहिलो गोल गर्दै अग्रता बनाएको थियो । पहिलो हाफ सकिन चार मिनेट बाँकी रहँदा नसालीले व्यक्तिगत तथा टोलीका लागि दोस्रो गोल गरिन् ।

नसालीले ७२औँ मिनेटमा ह्याट्रिक पूरा गरिन् । उनले अञ्जली मचामसीको हेडर पासलाई पोस्टको दिशा दिइन् ।

निर्धारित समयको अन्तिम मिनेटमा वालिङले चौँथो गोल गर्‍यो ।

बिहीबारकै खेलमा कोसी प्रदेश वाग्मती युवा क्लबमाथि २–१ को पुनरागमन जित हासिल गर्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ २०, २०८१  २१:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro