site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
बाढी प्रभावित आयोजनालाई भन्सार छुट नदिए बनाउन गाह्रो छ : ऊर्जामन्त्री 

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बाढी प्रभावित आयोजनालाई भन्सार छुट नदिइए त्यो बनाउन गाह्रो हुने बताएका छन् । क्षति पुगेका बेला सहुलियत दिए मात्र आयोजना ‘फिजिवल’ हुने उनले बताए ।

विद्युत् विधेयकमा निजी क्षेत्रको विषय समेट्न छलफलमा रहेको पनि उनले बताए । “निजी क्षेत्रको कुरा समेटेर जाने भनेर नै हामीले त्यसलाई संसद्मा लिएका छैनौँ,” बिहीबार मन्त्रालयमा आयोजित छलफल कार्यक्रममा उनले भने ।

भारतमा १० हजार मेगावाट बिजुली बेच्ने सम्झौता भइसकेको, बंगलादेशमा पाँच हजार मेगावाट निर्यातको विषय पक्कापक्कीजस्तै भएको उनले उल्लेख गरे । चीनमा पनि केही विद्युत् बेच्न सकिन्छ कि भनेर अध्ययन भइरहेको उनले जानकारी गराए । सबै गरेर २० हजार मेगावाट विद्युत् बेच्न सकिने मन्त्री खड्काको भनाइ छ ।

मर्मत–सम्भारमा प्रयोग हुने मेसिनरी उपकरणमा भन्सार छुट नदिइए एउटै आयोजना २९ प्रतिशत महँगो हुँदा आर्थिक रूपमा सम्भव नहुने उनले बताए । निःशुल्क विद्युत्को विषय पनि गम्भीर रहेको उनले उल्लेख गरे ।

“अहिले विदेशी लगानीमा बनेका ठूला आयोजनाबाट २१.९ प्रतिशत निःशुल्क विद्युत् पाइरहेका छौँ । अहिले आएर साना आयोजनामा पनि यो अभ्यास गर्नेबारेमा छलफल चलिरहेको छ,” उनले भने, “उसै पनि विद्युत् आयोजनाको लागत उच्च छ, त्यसैमा फ्री इनर्जीको कुरा सम्भव देखिँदैन ।”

प्रकाशित मिति: बिहीबार, भदौ २०, २०८१  १७:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro