site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
उपन्यास ‘अद्वैत’लाई ‘कविडाँडा राष्ट्रिय आख्यान’ पुरस्कार 

काठमाडौं । चितवनस्थित कविडाँडा साहित्य समाजले २०८० सालको ‘कविडाँडा राष्ट्रिय आख्यान’ पुरस्कार कृष्ण गौतमको उपन्यास ‘अद्वैत’ लाई प्रदान गर्ने निर्णय गरेको छ । समाजले प्रत्येक वर्ष आख्यानकृतिलाई पुरस्कृत गर्दै आएको छ ।

समाजका अध्यक्ष एल.बी. क्षेत्रीद्वारा जारी विज्ञप्तिमा कृतिले पूर्वीय सभ्यताले प्रतिपादन गरेको अद्वैत सिद्धान्तलाई विभाजित विश्वलाई जोड्ने कडीको रूपमा पहिचान गरेको उल्लेख छ ।

समाजले केही समयअघि उत्कृष्ट पाँच आख्यानको सूची सार्वजनिक गरेको थियो । जसमा पुरस्कृत ‘अद्वैत’का साथै सानु शर्माको कथाकृति ‘अर्को देशमा’, विश्व कुइँकेलको उपन्यास ‘गोपिचा’, गोविन्दप्रसाद कुसुमको उपन्यास ‘भृकुटी’ र रोशन थापा ‘नीरव’को उपन्यास ‘सन्त्रासका साठी दिन’ परेका थिए ।

पुरस्कारका साथ नगद राशि एक लाख २५ हजार रुपैयाँ प्रदान गरिने विज्ञप्तिमा उल्लेख छ । उपन्यास शिखा बुक्सले प्रकाशनमा ल्याएको हो । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, भदौ २०, २०८१  १३:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro