site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ढल्केबर सबस्टेसनको ट्रान्सफर्मरमा समस्याले धनुषादेखि सिन्धुलीसम्म विद्युत् आपूर्ति प्रभावित

काठमाडौं । धनुषाको ढल्केबरस्थित सबस्टेसनको पावर ट्रान्सफर्मरमा समस्या आउँदा जनकपुरलगायत क्षेत्रको विद्युत् आपूर्ति प्रभावित भएको छ । ढल्केबर सबस्टेसनस्थित १३२/३३ केभी, ६३ एमभीए क्षमताका दुई ट्रान्सफर्मरमध्ये एउटामा समस्या आएको हो ।

दुई ट्रान्सफर्मरबाट करिब ९० एमभीए भार (लोड) आपूर्ति भइरहेको थियो । एउटामा समस्या आएपछि ३० एमभीए लोड काटिएको छ ।

यसले गर्दा उक्त सबस्टेसनबाट आपूर्ति भइरहेका धनुषाका जनकपुरधाम, यदुकुवा, धनुषाधाम र सखुवा, महोत्तरीका जलेश्वर, गौशाला र बर्दिबास, सिन्धुलीको भिमानलगायत क्षेत्रको विद्युत् आपूर्ति प्रभावित नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

आपूर्तिलाई तत्काल नियमित गर्न भारतको सुरसण्डबाट ३३ केभी प्रसारणलाइनबाट विद्युत् ल्याउन लागिएको प्राधिकरण मधेस प्रादेशिक कार्यालयका निर्देशक मुनिन्द्र ठाकुरले जानकारी दिए । शुक्रबार (भोलि)सम्म विद्युत् ल्याउने प्रयास भइरहेको उनले उल्लेख गरे ।

प्राधिकरणको ढल्केबर ग्रीड महाशाखाका प्रमुख विनोद लोहनीले समस्या समस्या समाधानका निम्ति उत्पादक कम्पनीसँग छलफल भइरहेको बताए । “निरन्तर पानी परिरहेकाले ट्रान्सफर्मर खोल्न समस्या भइरहेको छ । फल्ट पत्ता लागेमा एक दिनभित्रमा मर्मत हुनसक्छ, नत्र अर्को ट्रान्सफर्मर ल्याएर जडान गर्नुपर्ने भएमा १० देखि १५ दिनसम्म लाग्न सक्छ,” उनले भने ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, भदौ २०, २०८१  ११:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro