site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एसएसएल सर्टिफिकेटको म्याद सकिँदा सरकारी वेबसाइटमा समस्या

काठमाडौं । सरकारका विभिन्न निकायका वेबसाइटमा सुरक्षा जोखिम भन्ने नोटिफिकेसन देखिएको छ । सेक्युअर सकेट लेयर (एसएसएल)को म्याद नाघेपछि विभिन्न मन्त्रालयका वेबसाइटमा समस्या देखिएको हो ।

एसएसएल एक डिजिटल डकुमेन्ट हो । यसले वेबसाइटको पहिचान प्रमाणित गर्दै वेब ब्राउजर र वेब सर्भरबीच सुरक्षित तथा इन्क्रिप्टेड कनेक्सन बनाउँछ । यो समस्या समाधानको कार्य भइरहेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सूचना प्रविधि विभागअन्तर्गत एकीकृत डाटा व्यवस्थापन केन्द्रले जनाएको छ ।

केन्द्रका प्रमुख लोकराज शर्माले आजै नयाँ एसएसएल सर्टिफिकेट खरिद वा नवीकरण गरी साँझसम्म समस्या समाधान गरिने बताए । उनले कुनै सरकारी निकायका वेबसाइटमा एडमिन प्यानलबाट आफैँ राख्न मिल्ने भएका कारण समस्या नदेखिएको जानकारी दिए ।

“हामीले समस्या थाहा पाइसकेका छौँ । आज साँझसम्म यसको समाधान भइसक्छ,” प्रमुख शर्माले बाह्रखरीसित भने, “धेरै सरकारी निकायका वेबसाइटका लागि खरिद भएको हुँदा यो सामान्य भए पनि प्रक्रियागत रूपमा जाँदा केही जटिल भएको हो ।”

करिब दुई हजार २०० वेबसाइटका निम्ति एसएसएल खरिद गरिएको उनले उनले बताए । अब विस्तारै सूचना प्रविधि विभागमार्फत निःशुल्क रूपमा सरकारी निकायलाई एसएसएल उपलब्ध गराउने गरी त्यहाँ सिफ्ट गराइरहेको उनले जानकारी दिए ।

एसएसलको म्याद नाघेर ‘योर कनेक्सन इज नट प्राइभेट’ भन्ने नोटिफिकेसन विभिन्न मन्त्रालयको वेबसाइट खोल्दा देखिइरहेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, रक्षा, कानुन, न्याय तथा संसदीय मामिला, युवा तथा खेलकुद मन्त्रालयको वेबसाइटमा यस्तो समस्या देखिएको छ ।

यस्तै, ऊर्जा, जलस्रोत तथा सिँचाइ, वन तथा वातावरण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको वेबसाइटमा पनि यस्तो समस्या देखिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ २०, २०८१  ११:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro