site stats
बाह्रखरी :: Baahrakhari
खेल
आर्मीको सहज जित

काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले राष्ट्रिय महिला लिग–२०२४ मा संकटा क्लबविरुद्ध ४–० को सहज जित निकालेको छ । बुधबार सातोबाटोस्थित एन्फा मुख्यालय सम्पन्न खेलमा आर्मीलाई जित दिलाउन विमला चौधरीले दुई गोल गरिन् ।

यस्तै, सावित्रीदेवी मगर र अनिता लम्जेल समान एक गोल गरिन् । खेलको १९औँ मिनेटमा सावित्रीको गोलमार्फत आर्मीले अग्रता लिएको थियो ।

विमलाले ६१औँ मिनेटमा टोलीको अग्रता दोब्बर बनाइन् । १० मिनेटपछि विमलाले नै व्यक्तिगत दोस्रो गोल गर्दा आर्मीले अग्रतालाई ३–० मा पुर्‍यायो । यस्तै, अनिताले ७६औँ मिनेटमा गोल गर्दै आर्मीलाई ४–० को सहज जित दिलाइन् ।

यस नतिजासँगै प्रतियोगिताको पहिलो चरण समाप्त भएको छ । गत आइतबारदेखि सुरु भएको प्रतियोगितामा तीन विभागीयसहित १० टिमको सहभागिता छ ।

प्रकाशित मिति: बुधबार, भदौ १९, २०८१  २०:२२
प्रतिक्रिया दिनुहोस्