site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सहकारीमा १५ वर्षदेखि समस्या छ, सजिलै समाधान हुँदैन : मन्त्री अधिकारी

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारीमा देखिएका समस्या अहिलेका नभएर १२/१५ वर्ष अघिदेखिकै भएको बताएका छन् । नेपाल सहकारी पत्रकार समाज (सीजेएन)को १४औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा मन्त्री अधिकारीले सहकारीमा भएका बेथितिहरू केही हदसम्म नियन्त्रण गर्न छुट्टै नियामक निकाय बनाउने काम अगाडि बढेको बताए ।

यसका लागि मन्त्रालयले तीव्ररूपमा काम गरिरहेको उनले बताए । अधिकारीले सहकारीमा आएका समस्यालाई समाधानका लागि सरकार अहिले लागिपरेको बताए । तर, सहकारी क्षेत्रमा देखिएका समस्या तत्कालै समाधान गर्न नसकिने उनको भनाइ छ । यसलाई क्रमिक सुधार गर्दै लाने सरकारको योजना रहेको उनको भनाइ छ ।

“सहकारी क्षेत्रलाई व्यवस्थित बनाउन हामीले नियामक निकाय स्थापना गर्ने क्रममा छौँ । यसका लागि कानुन बन्दै छ,” उनले भने, “सहकारीका बचतकर्ता संरक्षण कोष खडा गर्ने कुरा उठेको छ, यसको बारेमा पनि हामीले प्रक्रिया अगाडि बढाएका छौँ । यसका लागि नियम कानुन बनाउन बाँकी छ ।”

Dabur Nepal
NIC Asia

मन्त्री अधिकारीले हाइजम्प गरेजसरी सहकारी क्षेत्रका समस्या समाधानमा परिणाम नआउने बताए ।

सहकारी भनेका सबै खराब हुन कि भन्ने हल्ला जनमानसमा गएको उनको भनाइ छ । तर, जनतामा भ्रम फैलने खालका क्रियाकलाप गर्न नहुने पनि उनको भनाइ छ ।

“कोही सानो बचत गर्ने, कोही ठूलो बचत गर्ने, कोही आन्दोलनका लागि मात्र पनि सहकारीमा प्रवेश गरेका छन्,” मन्त्री अधिकारीले भने ।

सरकारले गठन गरेको समितिमा सबै सहकारीको प्रतिनिधि राख्नुपर्छ भन्ने आवाज उठेको भन्दै सबैललाई समेट्न नसकिने उनको भनाइ छ । सहकारीको समस्या १२/१५ वर्षदेखि नै आएको उनको भनाइ छ ।

सहकारी विभागका रजिस्ट्रार पिताम्बर घिमिरेले सहकारी क्षेत्रमा अहिले सबै मिलेर विश्वास बढाउनुपर्ने बताए । सहकारीका विषयगत संघ संस्थालाई सक्रिय बनाउनुपर्ने उनको भनाइ छ ।

“सहकारी क्षेत्रमा अहिले संवेदनशील अवस्था छ । यो अवस्थामा हामीले सहकारीकर्मी र सहकारीका सदस्यलाई विश्वास बढाउनुपर्ने छ,” उनले भने, “सहकारीमा ऐन र नियमविपरीत काम भएका भए त्यसलाई ढाकछोप गर्न हुँदैन ।”  

राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष ओमदेवी मल्लले पत्रकारहरूले सत्यलाई सत्य र असत्यलाई असत्य भन्न सक्नुपर्ने बताइन् ।

“एउटा व्यक्तिलाई देखाएर यो क्षेत्र नै विकृति भएको भन्न मिल्दैन,” उनले भनिन्, “सहकारीमा दुई तीन किसिमका बचतकर्ता छन् । सरकारले अहिले गरिरहेको काममा हामी एकदमै पोजेटिभ छौँ ।”

आन्दोलनमा उत्रिएका सदस्यहरूले महासंघ बोल्नुपर्‍यो भनेर अहिलेसम्म नआएको भन्दै यसरी समस्याको समाधान हुन नसक्ने बताइन् । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ १९, २०८१  १९:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro