site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
एमबीबीएसको प्रवेश परीक्षाको त्रुटि तत्काल सच्याउन संसदीय समितिको निर्देशन

काठमाडौं । संसदीय समितिले चिकित्सा शिक्षा आयोगले सार्वजनिक गरेको एमबीबीएस र जनस्वास्थ्यको प्रवेश परीक्षाको नतिजामा देखिएको त्रुटि तत्काल सच्याउन सरकारलाई निर्देशन दिएको छ । बुधबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकले प्रवेश परीक्षाको नतिजामा आयोगले गम्भीर त्रुटि गरेको निष्कर्ष निकालेको हो ।

समितिले आमजनता र सम्बन्धित विद्यार्थीलाई विश्वासमा लिएर त्रुटि सच्याउन भनेको छ । परीक्षाको नतिजामा एउटा विद्यार्थीको प्राप्तांक अर्कै विद्यार्थीको नाममा आउनेजस्तो गम्भीर त्रुटि आयोगबाट भएपछि त्यसलाई तत्काल सच्याउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिइएको समितिका सभापति अम्मरबहादुर थापाले जानकारी दिए ।

Dabur Nepal
NIC Asia

समितिले यसबारे तत्काल छानबिन समिति गठन गरी १० दिनभित्र प्रतिवेदन समितिमा पेस गर्न पनि भनेको छ ।

बैठकमा समितिका सदस्यहरूले चिकित्सा शिक्षा आयोगले विद्यार्थीको भविष्य नै डामाडोल हुने गरी परीक्षाको नतिजा सार्वजनिक गरेको भन्दै आपत्ति जनाएका थिए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ १९, २०८१  १६:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro