काठमाडौं । विश्व पुस्तकालय दिवसका अवसरमा टोखा नगरपालिका र जालपा पुस्तकालयले आयोजना गरेको अन्तर विद्यालयस्तरीय कविता लेखन प्रतियोगिता सम्पन्न भएको छ ।
नगरपालिकाभित्र रहेका विभिन्न विद्यालयका करिब २० जना छात्रछात्रा सहभागी कार्यक्रममा तिलङ्गेटार मा.वि. कक्षा १० का छात्र मोहित वाग्लेको कविता सर्वोत्कृष्ट भएको छ ।
त्यसैगरी, निर्मल वाटिका एकेडेमी कक्षा ९ की छात्रा आश्विनी भण्डारी प्रथम, फ्लोरोसेन्ट मा.वि. कक्षा १० की स्वस्तिका सिलवाल द्वितीय, तिलङ्गेटार मा.वि. कक्षा १२ की प्रतिभा दाहाल तृतीय तथा ज्ञान संस्कार मा.वि. कक्षा ८ की सान्भी खनालले सान्त्वना पुरस्कार प्राप्त गरेका छन् ।
पुरस्कृत छात्रछात्रालाई टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले नगदसहित पुरस्कार प्रदान गरे ।