site stats
बाह्रखरी :: Baahrakhari
देश
सबैको सहयोग भए समयमै विद्यालय शिक्षा ऐन जारी हुन्छ : शिक्षामन्त्री पन्त

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सबैको सहयोग भए समयमै विद्यालय ऐन जारी हुने बताएका छन् ।सोमबारको प्रतिनिधिसभा बैठकमा विनियोजित शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।

उनले सरकार र शिक्षक महासंघसँग भएका सम्झौता बमोजिम पछिल्लो सम्झौतामा तोकिएको मितिभित्र विद्यालय शिक्षा ऐन ल्याउन सरकार तयार रहेको उल्लेख गरे । विभिन्न सरकारका पालामा शिक्षकका संघ संगठनसँग भएका सम्झौता बमोजिम ऐन ल्याउने विषयमा सबैको एकमत रहेको स्पष्ट पारे । उपसमितिले दिएको प्रतिवेदन र विभिन्न समयमा भएका सम्झौताका विषयहरू समेट्ने गरी मन्त्रालयले धारणा निर्माण गरेर समितिमा छलफल गरिरहेको बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

"सबैको सहयोग भएमा समयमै ऐन जारी गर्न सकिन्छ । शिक्षकहरूको पछिल्लो आन्दोलनका क्रममा भएका ९ बुँदे सम्झौताबमोजिम प्रारम्भिक बालविकास सहजकर्ता, विद्यालय कर्मचारी र लेखा हेर्ने कर्मचारीको तलवमा संघीय सरकारले व्यहोर्ने दायित्व रकम वृद्धि गरिएको कुरा मैले अघि नै उल्लेख गरिसकेको छु," उनले भने ।

मन्त्री पन्तले तोकिएको मितिभित्रै शिक्षासम्बन्धी विधेयक सदनमा प्रवेश गराउने दाबी गर्दै आफू समितिमा जुनसुकै बेलामा उपस्थित हुन तयार रहेको उल्लेख गरे । 

 

प्रकाशित मिति: सोमबार, असार ९, २०८२  २३:१९
प्रतिक्रिया दिनुहोस्