site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
फेसबुकमा चल्यो ओलीलाई 'अनफलो' गर्ने अभियान, डेढ घण्टामा कति घटे ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई फेसबुकमा 'अनफलो' गर्ने अभियान चलाइएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका समर्थकहरूले फेसबुकमा ओलीलाई अनफलो गर्ने अभियान चलाएका हुन् ।

मंगलबार अपराह्न मेयर बालेनले आफ्नो स्टाटस हटाइएको दाबीसहिको पोस्ट गरेका थिए । उनले सरकारकै संलग्नतामा आफ्नो स्टाटस हटाइएको संकेत गरेका छन् । त्यसपछि बालेनका समर्थहरूले ओलीलाई अनफलो गर्न थालेका हुन् ।

Dabur Nepal
NIC Asia

मंगलबार राति ८ बजेतिर ओलीलाई छ लाखले फलो गरेको देखिन्थ्यो । तर, डेढ घण्टापछि साढे ९ बजेतिर झन्डै पाँचहजार जनाले अनफलो गरेका छन् । साढे ९ बजेतिर उनको फलोअरको संख्या छ लाख २१ हजारमा झरेको छ ।

गत आइतबार (भदौ १६ गते) मेयर बालेनले नेकपा (एमाले)की लुम्बिनी प्रदेश सांसद रेखा शर्मामाथि नाबालिकालाई घरेलु कामदार राखेर हिंसा गरेको दाबीसहित फेसबुकमा एउटा पोस्ट गरेका थिए ।

उनले काठमाडौं महानगरले दुई महिनादेखि कारबाही अगाडि बढाउन आग्रह गर्दा पनि सरकारले बेवास्ता गरेको आरोप लगाएका थिए । सांसद शर्माको विषयमा कुनै कारबाही नभएको बताउँदै उनले प्रधानमन्त्री ओलीमाथि आक्रोश पोखेका थिए ।

त्यसपछि एमाले निकट विद्यार्थी नेताहरूले उनको विरोध गरेका थिए । बालेनले झुटो दाबीसहित अनावश्यक प्रधानमन्त्रीलाई मुछेको उनीहरूको भनाइ थियो ।

मंगलबार बालेनको उक्त स्टाटस एकाएक फेसबुकबाट गायब भएको थियो । त्यसपछि बालेनले आफ्नो स्टाटस सरकारकै संलग्नतामा हटाइएकोतर्फ संकेत गर्दै एउटा पोस्ट गरेका थिए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ १८, २०८१  २१:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro