site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
नेको इन्सुरेन्सको सात प्रतिशत बोनस सेयर पारित
Argakhachi Cement Island Ad

काठमाडौं । नेको इन्सुरेन्स लिमिटेडको २९औँ वार्षिक साधारणसभाले सात प्रतिशत बोनस सेयर पारित गरेको छ । शुक्रबार बसेको साधारणसभाले आर्थिक वर्ष २०८०/०८१ को कम्पनीको वित्तीय विवरण समेत पारित गरेको छ । साथै, सेयरधनीहरूलाई बोनस सेयर तथा कर प्रयोजनको लागि ०.३६८४ प्रतिशत नगद लाभांश दिने निर्णय पारित गरेको हो । 

सभाले आर्थिक वर्ष २०८१/०८२ को लागि लेखापरीक्षक नियुक्ति अनुमोदन गर्नुको साथै बोनस सेयर जारीपश्चात् हुने कम्पनीको पुँजी वृद्धि गर्ने प्रस्ताव समेत पारित गरेको छ । सभामा सेयरधनीहरूले राखेको जिज्ञासाको जवाफ अध्यक्ष रमेशकुमार निरौलाले दिएका थिए । 

प्रकाशित मिति: शुक्रबार, जेठ ९, २०८२  १९:३७
प्रतिक्रिया दिनुहोस्