site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
चन्द्रपुरका सहायक प्रशिक्षक भन्छन्– मधेसमा खेलाडी बाडिँदा केही असहज छ

काठमाडौं । चन्द्रपुर नगरपालिकाका सहायक प्रशिक्षक भोजराज घिमिरेले मधेसबाट दुई टिम हुँदा खेलाडी बाँडिएकाले प्रदर्शनमा असर परेको बताएका छन् ।

राष्ट्रिय महिला लिगमा चन्द्रपुरले आफ्नो पहिलो खेलमा मंगलबारमध्याह्न कर्णाली प्रदेशविरुद्ध प्रतिस्पर्धा गरेको थियो । सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न खेलमा चन्द्रपुर र कर्णालीले १–१ को बराबरी खेल्दै अंक बाँडेका हुन् ।

Dabur Nepal
NIC Asia

उनले कर्णाली प्रदेशविरुद्ध चर्को घामका कारण खेलाडीको प्रदर्शन आशाअनुरूप हुन नसकेको पनि बताए ।

“हाम्रो आशाअनुसारको प्रदर्शन हुन सकेन । तीन अंक लिन्छौँ भनेर आएका थियौँ । पाएको मौकाको सदुपयोग गर्न नसक्दा अंकबाढ्न बाध्य भयौँ । मध्याह्नको घामले पनि हामीलाई गाह्रो बनायो,” चन्द्रपुरका सहायक प्रशिक्षक घिमिरेले भने, “लिगकै लागि भनेर १५ दिन प्रशिक्षणमा थियौँ । मधेसबाट दुई टिम आउँदा पनि खेलाडी बाँडिए । त्यसले पनि हामीलाई केही अप्ठेरो बनाएको छ । लिगमा हाम्रो लक्ष्य शीर्ष पाँचमा पुग्ने हो । आज देखिएका कमजोरीलाई आगामी खेलमा सुधार गर्ने छौँ ।”

यस्तै, कर्णालीका सहायक प्रशिक्षक गणेश खड्काले पनि घामका कारण टिमले योजनाअनुसार प्रदर्शन गर्न नसकेको बताए ।

“हाम्रो कर्णालीमा टर्फ मैदान छैन । यहाँ घाममा टर्फमा खेल्न खेलाडीलाई गाह्रो भयो । जित्ने लक्ष्य थियो । तर, एक अंक आयो सन्तुष्ट छौँ । हाम्रो लक्ष्य शीर्ष पाँचमा पुग्ने छ । तर, यतिधेरै दुःख गरिसकेपछि पाँचमा परौँ भन्ने छ,” खड्काले भने ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ १८, २०८१  २१:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro