site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
चन्द्रपुर र कर्णालीले अंक बाँडे 
SkywellSkywell

काठमाडौं । राष्ट्रिय महिला लिग २०२४ मा रौतहटको चन्द्रपुर नगरपालिका र कर्णाली प्रदेशले १–१ को बराबरी खेल्दै अंक बाँडेका छन् । मंगलबार सातदोबाटोस्थित एन्फा मुख्यालमा कर्णालीले सुरुआती अग्रता बनाए पनि त्यसलाई जोगाउन सकेन ।

खेलको सातौँ मिनेटमा सुनकला राईको गोलमा कर्णालीले अग्रता बनाएको थियो । तर, पहिलो हाफको इन्ज्इुरी समयमा रजनी थोकरले गोल फर्काएपछि चन्द्रपुर खेलमा फर्किएको हो । दोस्रो हाफमा दुवै टिम गोल गर्न असमर्थ रहे ।

Dabur Nepal
NIC Asia

गएको आइतबारदेखि सुरु प्रतियोगितामा कुल १० टिमले प्रतिस्पर्धा गर्दै छन् । लिगमा तीन विभागीय – नेपाल पुलिस, एपीएफ र आर्मीसँगै कोसी, वाग्मती नगरपालिका, चन्द्रपुर नगरपालिका, संकटा क्लब, वालिङ नगरपालिका, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशको सहभागिता छ ।

प्रतियोगिताको पहिलो चरणपछि शीर्ष पाँच स्थानमा रहने टिम दोस्रो चरणमा प्रवेश गर्नेछन् । ‘डबल राउन्ड रोबिन’ पद्धतिमा उक्त पाँच टिमबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो राउन्डबाट शीर्ष चार टिमले प्लेअफमा स्थान बनाउनेछन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ १८, २०८१  १५:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu