site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
काठमाडौंमा निरन्तर बढ्दै हैजा, देशभर संक्रमितको संख्या ७८ पुग्यो

काठमाडौं । यो वर्ष (सन् २०२४) को १९ जुलाईयता २ सेप्टेम्बरसम्म ६ जिल्लाका ७८ जनामा हैजा पुष्टि भएको छ । काठमाडौंमा निरन्तर हैजा संक्रमण बढिरहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले जनाएको छ  ।

यो वर्ष सबैभन्दा धेरै हैजा संक्रमित ललितपुरमा देखिएका छन् । यो अवधिमा ललितपुरमा ५१ जनामा हैजा पुष्टि भएको छ । 

यस्तै, काठमाडौंमा १२, कैलालीमा आठ, रोल्पामा चार, प्युठानमा दुई र मकवानपुरमा एकजनामा हैजा पुष्टि भएको ईडीसीडीले जनाएको  छ ।

संक्रमित हुनेमा ३६ जना महिला र ४२ पुरुष छन् । १४ वर्षमुनिका १२ जनामा हैजा पुष्टि भएको ईडीसीडीले जनाएको छ । हैजा संक्रमणको मुख्य कारण दूषित पिउने पानी नै भएको ईडीसीडीले जनाएको छ ।

ईडीसीडीद्वारा सार्वजनिक रिपोर्टमा काठमाडौं र ललितपुरमा हैजा फैलिनुका कारणहरूमा शुद्धीकरण नगरिएको पिउने पानी, भारी वर्षापछि फुटेका ढल मिसिएको पानी, अव्यवस्थित सहरीकरण र असुरक्षित खानेपानीका स्रोतहरू भएको उल्लेख छ ।

प्रकाशित मिति: मंगलबार, भदौ १८, २०८१  ११:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro