site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
डेंगी संक्रमितको संख्या ६८ सय नाघ्यो, चारजनाको मृत्यु 

काठमाडौं । यो वर्ष (सन् २०२४) जनवरीयता सेप्टेम्बरसम्म डेंगी संक्रमितको संख्या ६ हजार ८०० नाघेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का अनुसार २ सेप्टेम्बरसम्म ६ हजार ८३१ जना संक्रमित भएका छन् । जनवरीयता डेंगी संक्रमणबाट चारजनाको मृत्यु भएको छ ।

संक्रमितमध्ये चार हजार ७७ जना अगष्टका ३० दिनमा थपिएका हुन् । जुन अघिल्ला सात महिनाको तुलनामा तेब्बरभन्दा बढी हो । 

यो वर्ष गण्डकी प्रदेशमा सबैभन्दा धेरै ३ हजार २२९ जनामा संक्रमण देखिएको छ । जिल्लागत रूपमा तनहुँमा सबैभन्दा धेरै एक हजार १४९ जनामा संक्रमण पुष्टि भएको छ ।  

यस्तै, कास्कीमा ७६४, पर्वतमा ६५७, काठमाडौंमा ५५२, चितवनमा ५५३, गोरखामा २६२, झापमा १६८, मकवनापुरमा १२५, ललितपुरमा ११९, स्याङ्जामा ११५, भोजपुरमा १०४, पाल्पमा ११०, काभ्रेमा १० र कैलालीमा १०३ जना संक्रमित भएका छन् । 

यीबाहेक अन्य जिल्लामा संक्रमितको संख्या १०० भन्दा कम छ । यो वर्ष डेंगी ७५ जिल्लामा देखिएको छ । हुम्ला र डोल्पाबाहेक सबै जिल्लामा डेंगी देखिएको ईडीसीडीले जनाएको छ । 

प्रकाशित मिति: मंगलबार, भदौ १८, २०८१  ११:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro