site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
वीर अस्पताल : डेढ महिनापछि आयो साउनको तलब, एक वर्षको भत्ता कहिले ?

काठमाडौं । एक वर्षको भत्ता रोकिएपछि वीर अस्पतालका कर्मचारी असन्तुष्ट छन् । कोरोनाकालमा खटिएको आठ महिना र २०८० वैशाखदेखि पछिल्लो साउनसम्मको सेवा विस्तार भत्ता रोकिएको छ ।

सेवा विस्तार भत्ता रोकिनेमा नेपाल सरकारको दरबन्दीमा रहेका तथा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)अन्तर्गतका करिब ७०० कर्मचारी छन् । कोरोनाकालका आठ महिनाको भत्ता नपाएकामा भने सबैखाले कर्मचारी गरी झन्डै दुई हजारजना छन् ।

अस्पतालमा आठ घण्टा काम गर्ने कर्मचारीलाई अतिरिक्त समय खटिएबापत थप ५० प्रतिशत ‘सेवा विस्तार भत्ता’ दिने व्यवस्था छ । तर, पटकपटक सम्झौता भएर पनि भत्ता नपाएको गुनासो कर्मचारीको छ । साउनको तलबसमेत भदौ १७ गतेमात्रै पाएको अस्पतालका प्रशासन प्रमुख उपसचिव मोहनप्रसाद कोइरालाले जानकारी दिए ।

Dabur Nepal
NIC Asia

सेवा विस्तार भत्ता नपाएको भन्दै यसअघि २०८० पुस १३ गतेदेखि अस्पतालका कर्मचारीले एक साता आन्दोलन गरेका थिए । आठ कर्मचारी संगठनका प्रतिनिधि, न्याम्सका रजिस्ट्रार तथा वीरका निर्देशकसँगको पाँचबुँदे सहमतिपछि कर्मचारीले आन्दोलन स्थगित गरेका थिए ।

सहमतिमा २०८१ वैशाखबाट सेवा विस्तार भत्ता तलबसँगै नियमित भुक्तानी गरिने भनिएको थियो । कोरोनाकालको आठ महिनाको भत्तासमेत त्यसअघिको सहमतिअुनसार हुने उल्लेख थियो ।

तर, स्वास्थ्य सचिवस्तरकै सहमति भए पनि अस्पतालले लामो समय सेवा सुविधा रोकेर काम गर्ने मनोबल कमजोर बनाएको उनीहरूको गुनासो छ । भत्ता नपाउनेमा सफाइकर्मीदेखि उच्च तहका कर्मचारीसम्म छन् ।

अस्पतालबाट सेवा निवृत्त भएका कर्मचारीले उपदानसमेत नपाएको उनीहरूको गुनासो छ । 

अस्पतालमा जनरल र मेडिकल सामग्री उपलब्ध गराउने सप्लायर्सको समेत ठूलो रकम बक्यौता रहेको देखिएको छ । जनरल स्टोरका एक अधिकारीका अनुसार अघिल्लो आर्थिक वर्षको करिब ३० करोड रुपैयाँ सप्लायर्सलाई भुक्तानी गर्न बाँकी छ ।

“अघिल्लो आर्थिक वर्षको समेत गरी झन्डै एक करोड रुपैयाँ लिन बाँकी छ । किस्ता किस्तामा ३० प्रतिशतका दरले मात्रै पाइरहेको छु,” जनरल स्टोरमा भेटिएका एक सप्लायर्सले भने ।

के भन्छ अस्पताल प्रशासन ?

वीरमा आर्थिक अभावको अवस्था देखिएको यो नौलो घटना भने होइन । गत आर्थिक वर्षमा अस्पतालमा पटकपटक चरम आर्थिक संकटको असर देखिएको थियो ।

जसका कारण अस्पतालमा बिरामीलाई खुवाउने खानादेखि, सामान्य जाँच परीक्षणहरूसमेत रोकिएका थिए ।

आर्थिक संकटकै कारण अस्पतालका महत्त्वपूर्ण सेवाहरू रोकिएपछि सरकारले अक्सिजन, अत्यावश्यक औषधि र बिरामीको खानालाई निरन्तरता दिन साढे चार करोड रुपैयाँ बजेट थप गरिदिएको थियो । 

आर्थिक वर्ष २०८०/०८१ मा अस्पताल ४० करोड रुपैयाँ घाटामा गएको अस्पतालको तथ्यांक छ । 

आर्थिक स्रोत सुनिश्चित नहुँदा कर्मचारीलाई सेवा विस्तार भत्ता उपलब्ध गराउन नसकिएको उपसचिव कोइराला बताउँछन् । “अस्पतालमा आन्तरिक बजेट अभाव छ । मन्त्रालयले दिने अनुदान पनि पर्याप्त छैन, कर्मचारीको मनोबल कमजोर भएको छ,” कोइराला भन्छन् ।

स्वास्थ्य बिमा सेवा प्रवाह गरेबापतको शोधभर्ना रकम समयमा उपलब्ध नहुँदा पनि समस्या थपिएको उनको भनाइ छ । वीरमा उपचारका आउनेमध्ये करिब ४० प्रतिशत बिमाका बिरामी हुन्छन् ।

चालु आर्थिक वर्ष २०८१/०८२ मा सरकारले वीर अस्पताललाई एक अर्ब १३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । यो रकम गत आर्थिक वर्षमा ७३ करोड रुपैयाँ मात्रै छुट्याइएको थियो ।

पछि तीन शीर्षकमा चार करोड ५० लाख रुपैयाँ थप गरिएको थियो । अस्पतालको वार्षिक आन्तरिक आम्दानी ५५ करोडको हाराहारीमा छ । यसबाट ७० प्रतिशत रकम नियमित तलबमा खर्च हुने अस्पतालको तथ्यांक छ ।

प्रधानमन्त्री कार्यालयबाट पछिल्लोपटक निर्देशन भएजस्तो सार्वजनिक बिदाका दिनमा समेत ओपीडी सेवा सञ्चालन गर्ने हो भने कर्मचारीलाई हालसम्मको सेवा विस्तार भत्ता भुक्तानी गरी थप प्रोत्साहको व्यवस्था गर्नुपर्ने कोइरालाको भनाइ छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ १७, २०८१  २०:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro