site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सञ्चारमन्त्रीलाई प्रधानमन्त्रीले सोधे– ‘जिब्रो थुत्नुपर्ने’ कुन प्रसंगमा भन्नुभएको हो ? 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङलाई ‘जिब्रो थुत्नुपर्ने’ शब्द कुन सन्दर्भमा बोलेको भनि सोधेका छन् । प्रधानमन्त्रीले सोमबार उक्त जिज्ञासा राखेको गुरुङले बताए । 

“आज कान्तिपुरमा समाचार आयो के भयो ? तपाईंले कुन सन्दर्भमा भन्नुभएको हो ?,” सोमबार राष्ट्रिय समाचार समितिको कार्यक्रममा गुरुङले प्रधानमन्त्रीको जिज्ञासा सुनाए । 

उनले पोखरामा प्रेस कन्फेन्समा पत्रकारले सोधेको प्रश्नमा जवाफ दिने क्रममा उक्त शब्द प्रयोग गरेको प्रधानमन्त्रीले जानकारी गराएका छन् । पत्रकारले मुख्यमन्त्री हुँदा शासन प्रणालीको कार्यान्वयनको ठाउँमा आफैँ हुँदा के भएको छ भनेर सोधेको प्रश्नमा जवाफ दिने क्रममा उक्त शब्द प्रयोग भएको प्रधानमन्त्रीलाई जानकारी गराएको उनले बताए । 

गुरुङले प्रहरीको विधेयकबारे विदेशीहरू पनि भएको कार्यक्रममा प्रहरीका हाकिमहरूले संविधानविरुद्ध बोल्दा जिब्रो थुतिदिनुपर्थ्यो भनेको सुनाए । “प्रहरीका पुराना र वर्तमान हाकिमहरूले नेशनल सेक्युरिटीका कारणले हामी प्रहरी समायोजन गर्न सक्दैनौँ भन्ने सुनेको थिएँ । विदेशीहरूले पनि भनेका थिए,” गुरुङले प्रधानमन्त्रीलाई भनेका छन्, “प्रहरीका हाकिमले संविधान, शासन प्रणालीले गरेको व्यवस्थाविरुद्ध नबोल्नुपर्ने हो । त्यसरी बोलेबापत तिनीहरूको जिब्रो थुत्नुपर्थ्यो भन्ने सन्दर्भमा शब्द प्रयोग गरेको हो ।” 

प्रधानमन्त्रीले गुरुङलाई विवादित हुने गरी नबोल्न निर्देशन दिएका छन् । “सरकारका प्रवक्ता पनि हुनुहुन्छ । बोल्दा, भाषा प्रयोग गर्दा विवादमा आउने खालको भाषा प्रयोग गर्ने कुरामा सचेत हुनुपर्छ भन्नुभयो,” गुरुङले भने । प्रधानमन्त्रीले गुरुङलाई लामो नबोल्न पनि सुझाएका छन् । 

ओलीले गुरुङले बेठिक कुरा नभने पनि शब्द चयनले उद्धेलित बनाएको पनि बताएका छन् । गएको शनिबार प्रेस चौतारीले पोखरामा गरेको कार्यक्रममा गुरुङले प्रहरी समायोजन आए आईजीपीले मान्दिनँ भनेको सुनेको बताएका थिए । “अहिले प्रहरीको आईजीपीले के भन्नु भो ? म यो कानुन लागु नै गर्दिनँ भन्नुहुन्छ । त्यस्तो बोल्न पाउने कि नपाउने ? त्यसको जिब्रो थुत्नुपर्थ्यो, मैले भन्दाखेरि,” गुरुङले भनेका थिए, “सरकारको नीतिको, व्यवस्थाको विरुद्धमा एउटा संस्थाको प्रमुखले बोल्न पाउँदैन नि ।”

प्रकाशित मिति: सोमबार, भदौ १७, २०८१  १५:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro