site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गाजाको सुरुङमा भेटिएको ६ बन्धकको शव पहिचान

जेरुसेलम । इजरायली सेनाले दक्षिणी गाजापट्टीको सुरुङमा भेटिएको ६ बन्धकको शव पहिचान गरिएको आइतबार जनाएको छ । मानिसको अवशेष शनिबार ‘रफाह क्षेत्रको भूमिगत सुरुङमा’ फेला परेको र तिनको औपचारिक रूपमा पहिचान गरिएको इजरायली सेनाले जनाएको छ ।

गत अक्टोबर ७ मा दक्षिणी इजरायलमा हमासले गरेको आक्रमणका क्रममा प्यालेस्टाइनी लडाकुले कब्जामा लिएका कार्मेल ग्याट, इडेन येरुशाल्मी, हर्श गोल्डबर्ग–पोलिन, अलेक्जेन्डर लोबानोभ, अल्मोग सारुसी र ओरी डानिनोको शव पहिचान गरिएको हो ।

गाटलाई दक्षिण इजरायली किब्बुट्ज समुदायको बिरीबाट लगिएको थियो । बाँकी २३ देखि ३२ वर्ष उमेर समूहका पाँचजनालाई गाजाको सीमानजिकैको एक संगीत महोत्सवबाट अपहरण गरिएको थियो ।

अक्टोबर ७ मा गरिएको आक्रमणका क्रममा हमासले २५१ जनालाई बन्धक बनाएको थियो । तीमध्ये ९७ जना गाजामा बन्धक बनाइएका थिए । तीमध्ये करिब ४० जनाको मृत्यु भइसकेको इजरायली सेनाले जनाएको छ ।

सेनाका प्रवक्ता डेनियल हागारीले भने, “हामी त्यहाँ पुग्नुभन्दा केही समयअघि हमासका लडाकुहरूले उनीहरूको निर्मम हत्या गरेका थिए ।”

एएफपीलाई प्राप्त इजरायलको आधिकारिक तथ्यांकानुसार, हमासको आक्रमणमा परी एक हजार २०५ जनाको मृत्यु भएको थियो ।

इजरायलको आक्रमणमा गाजामा कम्तीमा ४० हजार ६९१ जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

संयुक्त राष्ट्रसंघीय मानवअधिकार कार्यालयले मृतकमध्ये अधिकांश महिला र बालबालिका रहेको जनाएको छ । रासस/एएफपी

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, भदौ १६, २०८१  १४:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro