site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दुई बालिका मृत फेला : श्रीमान्–श्रीमतीबीच भएको थियो ‘सामान्य विवाद’, फोन ‘स्वीच अफ’

विराटनगर । मोरङको सुन्दरहरैँचास्थित केराबारी घारीमा मृत भेटिएका दुई बालिकाकी आमाको अझै अत्तोपत्तो लागेको छैन । उनको खोजीकार्य तीव्र पारिएको प्रहरीले जनाएको छ ।

बालिका मृत भेटिएकै दिनदेखि आमा २९ वर्षीया अस्मिता न्यौपाने सम्पर्कविहीन छिन् । सुन्दरहरैँचाका ५०० भन्दा धेरै स्थानीयको सहयोगमा नजिकैको चारकोसे जंगलमा ‘सर्च’ गरिएको छ । तर, उनको केही अत्तोपत्तो नलागेको प्रहरीले जनाएको छ ।

सुन्दरहरैँचा नगरपालिका–७ स्थित केरा बगानभित्र शनिबार दुई बालिका मृत भेटिएका थिए । धनकुटाको पाख्रिबास नगरपालिका–४, डिकुरे घर भई सुन्दरहरैँचा–७ मा बस्दै आएका अर्जुन कार्कीका छोरीहरू मृत भेटिएका हुन् ।

एक वर्षीया आइका कार्कीलाई उनकी दिदी तीन वर्षीया अर्पणाले अँगालो हालेको अवस्थामा दुई शव स्थानीयले देखेर प्रहरीलाई खबर गरेका थिए । कार्की परिवार स्थानीय मालती टोलका दिदी सीता रेग्मीको घरमा डेरा गरी बस्दै आएको थियो । उनीहरूले नजिकै नयाँ घर बनाउँदै थिए ।

घरमा पानी हाल्ने विषयमा श्रीमतीसँग सामान्य विवाद भएको अर्जुनले प्रहरीसमक्ष बताएको मोरङका डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए ।

शनिबार साँझ अस्मिता दुई छोरीलाई लिएर घरबाट हिँडेकी थिइन् । घटनाको प्रकृति हेर्दा विष खुवाएर दुवै बालिकाको हत्या गरिएजस्तो देखिएको प्रहरीले जनाएको छ ।

शवनजिकै विषादीको बट्टा समेत फेला परेको छ । डीएसपी बस्नेतले बाह्रखरीसित भने, “घटनालाई गहन र सूक्ष्म ढंगले अध्ययन गरिरहेका छौँ ।”

प्रहरीका अनुसार, अस्मिताले बोक्ने गरेको मोबाइल ‘स्वीच अफ’ भएकाले ‘ट्रयाकिङ’ गर्न समेत कठिनाइ भएको छ । दुई बालिकाको शव परीक्षणका निम्ति धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको प्रहरीले जनाएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, भदौ १६, २०८१  १४:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro