site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
डेंगी संक्रमितको संख्या ६३ सय नाघ्यो

काठमाडौं । सन् २०२४ को जनवरीयता अगष्ट अन्तिमसम्म डेंगी संक्रमितको संख्या ६३ सय नाघेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का अनुसार अगष्ट ३० सम्म ६ हजार ३४७ जना संक्रमित भएका छन् । जनवरीयता डेंगी संक्रमणबाट तीनजनाको मृत्यु भएको छ ।

संक्रमितमध्ये तीन हजार ७३० जना अगष्टका ३० दिनमा थपिएका हुन् । जुन अघिल्ला सात महिनाको भन्दा उच्च हो । यो वर्ष गण्डकी प्रदेशमा सबैभन्दा धेरै दुई हजार ९५४ जनामा संक्रमण देखिएको छ । जिल्लागत रूपमा तनहुँमा सबैभन्दा धेरै एक हजार ११६ जनामा संक्रमण पुष्टि भएको छ ।  

यस्तै, कास्कीमा ६४५, चितवनमा ५८७,  पर्वतमा ५८७, चितवनमा ५१७, काठमाडौंमा ५११, गोरखामा २४५, झापामा १६३ र मकवानपुरमा ११४, भोजपुरमा १०३, पाल्पमा १०१ जना संक्रमित भएका छन् । यीबाहेक अन्य जिल्लामा संक्रमितको संख्या १०० भन्दा कम छ । 

यो वर्ष डेंगी ७५ जिल्लामा देखिएको छ । हुम्ला र डोल्पाबाहेक सबै जिल्लामा डेंगी देखिएको ईडीसीडीले जनाएको छ । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, भदौ १६, २०८१  ११:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro