काठमाडौं । मोरङमा दुई बालिकाको शव शंकास्पद अवस्थामा फेला परेको छ । मोरङको सुन्दरहरैँचा नगरपालिका–७ निवासी अर्जुन कार्की र अस्मिता पौडेल (कार्की)का एक वर्षीया छोरी अर्पणा र तीन वर्षीया आयिकाको शव शंस्कास्पद अवस्थामा फेला परेको हो ।
मोरङका प्रहरी प्रमुख एसपी नवराज कार्कीका अनुसार शव घरनजिकैको केराघारीभित्र फेला परेको छ । प्रहरीको अनुसन्धानका क्रममा शुक्रबार साँझ अर्जुन र उनकी श्रीमती अस्मिताबीच सामान्य विवाद भएको थियो ।
सोही विवादपछि अस्मिताले दुवै छोरीलाई आफूसँगै लिएर घरबाट निस्केकी थिइन् । शनिबार भने दुवै बालिका मृत फेला परेका हुन् । एसपी कार्कीका अनुसार अस्मिता समेत सम्पर्कमा छैनन् । प्रहरीले उनको खोजी जारी राखेको छ । अर्जुन भने प्रहरीको सम्पर्कमै छन् ।