site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
बजेट प्रभावकारी रूपमा विनियोजन भएन : सांसद गौतम
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतमले सरकारले ल्याउने बजेट प्रभावकारी रूपमा विनियोजन नभएको बताएकी छन् । बुधबारको प्रतिनिधिसभा बैठकमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलमा सांसद गौतमले बजेट बनाउने प्रक्रिया र यसको कार्यान्वयनमा प्रत्येक पटक प्रश्न उठ्ने गरेको बताइन् ।

“बजेटमा सांसदहरूले नै असहमति जनाउने गरेको मैले पाएको छु । तर, यो विधेयकले केही हदसम्म त्यसलाई संशोधन गरेको देख्छु,” उनले भनिन्, “बजेट प्रणालीको मुख्य कुरा बजेट क्यालेन्डर नै हो जस्तो लाग्छ । बजेट क्यालेन्डर ठिक ठाउँबाट ठिक समयमा आयो भने त्यसले धेरै कुराहरूलाई मेन्टेन गर्छ भन्ने लागेको छ ।”

यो संशोधन वार्षिक बजेटका लागि राम्रो भएको उनले बताइन् । जहिले पनि कर्मचारी तथा निश्चित व्यक्तिले लेखेको भन्ने आरोप लाग्ने गरेको र सांसदले अपनत्व लिन नपाएको अवस्था रहेको पनि उनले बताइन् ।  

कात्तिकबाट बजेट लेखन सुरू गर्नुपर्ने उनको भनाइ छ । राष्ट्रिय गौरवका आयोजनाहरूमा स्रोत सुनिश्चितता गरेर मात्र ठेक्का लगाउने भनिनु राम्रो व्यवस्था हुने उनले बताइन् ।  

 

प्रकाशित मिति: बुधबार, भदौ १२, २०८१  १७:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro