site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेप्से परिसूचक झिनो अंकले बढ्यो, कारोबार रकम ५ अर्ब घट्यो

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक झिनो अंकले घटेर बन्द भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज परिसूचक ३.८० अंकले बढेर २७८६.४० विन्दुमा बन्द भएको हो ।

यसदिन कारोबारमा आएका १३ वटा समूहमध्ये सात समूहको परिसूचक वृद्धि भएको छ । बाँकी समूहको परिसूचक घटेको छ ।

मंगलबारको तुलनामा चार अर्ब ९२ करोड रुपैयाँले कारोबार रकम घटेको छ । आज १३ अर्ब ७२ करोड रुपैयाँको कारोबार भएको छ । मंगलबार १८ अर्ब ६४ करोड रुपैयाँको सेयर कारोबार भएको थियो ।

आज ९७ कम्पनीको सेयर मूल्य बढेको छ । १४३ कम्पनीको सेयर मूल्य घटेको छ । चार कम्पनीको सेयर मूल्य स्थिर छ ।

आज लिबर्टी इनर्जी, हिमालयन हाइड्रोपावर र मिड सोलु हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, भदौ १२, २०८१  १५:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro