site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
तराईमा पनि कोदोको उत्पादन गर्न परीक्षण

नेपालगञ्ज । बाँकेको चिसापानीस्थित गाभर उपत्यकामा नौ प्रकारका कोदोको उत्पादन गर्न परीक्षण सुरु गरिएको छ । 

राष्ट्रिय जिन बैंकको सहकार्यमा तराईमा हुने कोदोको परीक्षण सुरु भएको सामुदायिक जिन बैंक कोहलपुरका संयोजक परमुल बस्नेतले जानकारी दिए । “करिब दुई कट्ठा क्षेत्रफलमा अलग–अलग प्लट बनाएर नौ जातका कोदोको परीक्षण गर्न कोदो रोपिएको छ”, संयोजक बस्नेतले भने ।   

Dabur Nepal
NIC Asia

गएको साउन १६ गते कोदोको बीउ राखेर केही दिनअघि मात्रै कोदो रोपिएको हो । नौ जातका कोदो रोपिएको र त्यसमध्ये सबैभन्दा राम्रो कोदो किसानलाई रोप्न प्रेरित गरिने उल्लेख गर्दै उनले पूर्वी तराईका जिल्लामा सफल भएका स्थानीय जातको परीक्षण सुरु भएको बताए ।  

राष्ट्रिय जिन बैंक प्राविधिक अधिकृत प्रदीप थापाले रैथाने बालीको संरक्षणका लागि सुक्खा ठाउँमा समेत कोदो जस्तो रैथाने बाली लगाउन मिल्ने गरी यसको परीक्षण भएको उल्लेख गरे । परीक्षण गरिएका नौमध्ये पाँच जिन बैंकले परीक्षणमार्फत उत्कृष्ट देखिएका, दुईवटा नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले विकास गरेका र अन्य दुई किसानका जात रहेका छन् । 

अहिले लगाएको कोदोको प्रतिफल मंसिरसम्म आउने बताइएको छ । विसं २०७८ मा चिसापानीको गाभरमा सरकारले पहिलो सामुदायिक जिन बैंक स्थापना गरेको थियो । गाभरमा कोदो उत्पादनको प्रशस्त सम्भावना रहेको घरबास सञ्चालक संघका महासचिव कृष्ण चौधरीले बताए । उनले हालसम्म नार्कले तराईमा समेत लगाउन सक्ने कोदोको जातको विकास गरेको बताए । रासस

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ १२, २०८१  १३:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro