site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
प्रधानसेनापतिमा अशोकराज सिग्देल नियुक्त
फाइल तस्बिर ।

काठमाडौं । नेपाली सेनाको प्रधानसेनापतिमा अशोकराज सिग्देल नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले भदौ २४ गतेदेखि लागु हुने गरी सिग्देलाई प्रधानसेनापति नियुक्त गरेका हुन् ।

Dabur Nepal
NIC Asia

मन्त्रिपरिषद्को सिफारिसमा हाल नेपाली सेनाको कायममुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्दै आएका सिग्देललाई राष्ट्रपतिले प्रधानसेनापतिमा नियुक्त गरेका हुन् ।

प्रधानसेनापति प्रभुराम शर्माले भदौ २४ गते अवकाश पाउँदै छन् ।

सिग्देलले नेपाल र विदेशबाट व्यावसायिक सैन्य शिक्षा हासिल गरेका छन् । शिवपुरीस्थित आर्मी कमाण्ड एण्ड स्टाफ कलेज र चीनको नेशनल डिफेन्स युनिभर्सिटीबाट उनले ग्रयाजुएट गरेका छन् । 

उनले नेपालको आर्मी वार कलेजबाट ‘हायर कमान्ड एन्ड म्यानेजमेन्ट कोर्स’ र भारतबाट ‘डिफेन्स म्यानेजमेन्ट कोर्स’ पूरा गरेका छन् । उनले राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका कार्यशाला र व्यावसायिक सेमिनारहरूमा पनि भाग लिएका छन् ।

सिग्देलले त्रिभुवन विश्वविद्यालयबाट रणनीतिक अध्ययनमा स्नातकोत्तर र चीनको नेसनल डिफेन्स युनिभर्सिटीबाट रणनीतिक अध्ययनमा स्नातकोत्तर गरेका छन् ।

नेपाली सेनामा ३७ वर्ष बिताइसकेका सिग्देलले विभिन्न पदमा रही स्वदेश तथा विदेशमा नेतृत्वदायी भूमिका निर्वाह गरेका छन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ १२, २०८१  १२:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro