site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जय शाह बने आईसीसीको नयाँ अध्यक्ष

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को नयाँ अध्यक्षमा जय शाह निर्विरोध निर्वाचित भएका छन् ।

भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)का सचिव तथा एसियन क्रिकेट काउन्सिल (एसीसी) का अध्यक्षसमेत रहेका शाहले आगामी डिसेम्बर १ देखि आईसीसीको जिम्मेवारी सम्हाल्ने छन् ।

आईसीसीका वर्तमान अध्यक्ष ग्रेग बार्कलेले तेस्रो कार्यकालका निम्ति उमेदवारी नदिने बताएपछि शाह आईसीसीका एकमात्र उमेदवार बनेका थिए ।

अध्यक्षमा चुनिएपछि उनले क्रिकेटको विश्वव्यापी पहुँच र लोकप्रियतालाई अघि बढाउने बताएका छन् ।

“अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको अध्यक्षमा मनोनयन भएकोमा म कृतज्ञ छु । म आईसीसी टोली र हाम्रा सदस्य राष्ट्रहरूसँग क्रिकेटलाई थप विश्वव्यापीकरण गर्न नजिकबाट काम गर्नेमा प्रतिबद्ध छु । हाम्रो लक्ष्य क्रिकेटलाई पहिलेभन्दा समावेशी र लोकप्रिय बनाउने हो,” अध्यक्षमा चयन भएपछि शाहले भने । 

शाह सन् २०१९ मा बीसीसीआई सचिव र सन् २०२१ मा एसीसीका अध्यक्ष बनेका थिए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, भदौ १२, २०८१  ०९:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro