site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
कोसी र गण्डकीमा भारी वर्षाको सम्भावना

काठमाडौं । आज देशभरको मौसम दिउँसोदेखि रातिसम्मै आंशिक बदली रहने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोसी, वाग्मती र सुदुरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसोतिर लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र बाँकी प्रदेशको पहाडी भू–भागमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

Dabur Nepal
NIC Asia

आज राति कोसी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहने छ ।

कोसी, वाग्मती र कर्णाली प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । राति कोसी र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

जसका कारण बाढी, पहिरो र अन्य प्राकृतिक विपद्को जोखिम बढ्न सक्ने भएकाले सावधानी अपनाउन आग्रह गरिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ १२, २०८१  ०५:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro