site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
‘पिताम्बर’को दोस्रो चरणको छायांकन सुरु

काठमाडौं । चलचित्र ‘पिताम्बर’को छायांकन सुरु भएको छ । बालाजुस्थित एनएफडीसी ल्याबबाट छायांकन सुरु गरिएको हो ।

निर्देशक कृषा चौलागाईंले दोस्रो चरणको छायांकनको पहिलो दिन अभिनेता प्रदीप खड्का र सौगात मल्लको मुहूर्त सट लिइएको बताइन् । अभिनेता अनुपविक्रम शाही र अभिनेत्री आँचल शर्माबाहेक सवै कलाकारले सिनेमाको छायांकन सुरु गरेको जानकारी गरेको उनको भनाइ छ । 

केही दिनमा काठमाडौंको छायांकन सकेर निर्माण टिम बाँकी छायांकनका लागि नवलपरासी पुग्नेछ । सिनेमाको पहिलो चरणको छायांकन पनि नवलपरासीमा नै गरिएको थिो । 

चलचित्रमा सौगात र प्रदीपसँगै दयाहाङ राई, आँचल शर्मा, प्रमोद अग्रहरि, अनुप विक्रम शाही, दिव्य देव, सुरक्षा पन्त, कामेश्वर चौरासिया, सुपुष्पा भट्ट, गौरव विष्ट, विशाल पहारीको अभिनय रहने छ । सिनेमामा अभिनेता आर्यन सिग्देल पनि विशेष भूमिकामा छन् ।  

केपी फिल्मस्ले पुरुषोत्तम प्रधान फिल्मससँग सहकार्य गरेको ‘पिताम्बर’लाई पुरुषोत्तम प्रधानले खिचिरहेका छन् । सिनेमाको निर्मातामा विशाल चौलागाईं छन् । प्रदीप भारद्वाजको लेखन रहेको चलचित्रको बजेट ५ करोड भएको बताइएको छ ।
 

प्रकाशित मिति: मंगलबार, भदौ ११, २०८१  १७:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro