site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
‘तेल भिसा’को गीतमा विदेशमा परिवार रहँदाको दुःख 

काठमाडौं । चलचित्र ‘तेल भिसा’को गीत ‘हरि नाम झैँ’ सार्वजनिक भएको छ । निर्देशक शंकर घिमिरेको लेखन तथा निर्देशनमा निर्माण भइरहेको चलचित्रको लिरिकल भिडियोसहितको गीत सार्वजनिक भएको हो । 

कल्याण सिंहको संगीत तथा हर्क साउदको शब्द रचना रहेको गीतमा निशान भट्टराई र समीरा थपलियाको स्वर छ ।  

गीतले चलचित्रको केही कथा भन्ने प्रयास गरेको छ । नेपाल र विदेश दुई ठाउँमा परिवारका सदस्य रहँदाको दुःखलाई गीतले भन्ने प्रयास गरेको छ । 

लिरिकल भिडियोमा चलचित्रका मुख्य कलाकार विपीन कार्की, वर्षा राउत, पूजा चन्द, ऋचा घिमिरे, बुद्धि तामाङ र सुचित्रा उप्रेती फिचर्ड छन् । लिरिकल भिडियोमा चलचित्रका चलअचल दृश्य समावेश छन् । 

चलचित्रमा अभिनेता विपीन कार्की दोहोरो भूमिकामा देखिएका छन् । 

‘तेल भिसा’बाट निर्देशक शंकर घिमिरे १२ वर्षपछि निर्देशनमा कमव्याक गर्दैछन् । आगामी मंसिर ७ गतेबाट चलचित्र नेपाल र विदेशमा एकसाथ प्रदर्शनमा आउँदैछ ।

प्रकाशित मिति: सोमबार, भदौ १०, २०८१  १८:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro