site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
अटेर गरेपछि कलंकीको नेसनल अस्पतालको फोहोर संकलनमा महानगरको रोक

काठमाडौं । कलंकीमा रहेको नेपाल नेसनल अस्पतालले जोखिमपूर्ण फोहोरको उचित व्यवस्थापन नगरेको भेटिएको छ । काठमाडौं महानगरपालिकाको वातावरण व्यवस्थापन विभागको अनुगमनका क्रममा अस्पतालबाट उत्पादित फोहोरको व्यवस्थापनमा चरम लापरबाही देखिएको विभागका वरिष्ठ शाखा अधिकृत सानुमैया महर्जनले जानकारी दिए ।

अस्पतालले २०८० फागुनमा जोखिमपूर्ण फोहोर निर्मलीकरण गरेर व्यवस्थापन गर्ने प्रतिबद्धता गरेको थियो । यसपछि २०८० चैत १० गते गरिएको अनुगमनमा पनि फोहोर व्यवस्थापन सुधार गरिएको थिएन । अस्पतालले फोहोर व्यवस्थापन गर्ने प्रतिबद्धता दोहोर्‍याएपछि अनुगमन टोली सुधारको मौका दिएर फर्किएको थियो ।

Dabur Nepal
NIC Asia

Fohorr-1724670984.jpgयसपछि चैत १६ गते अस्पतालबाट एक जना व्यवस्थापक र एक जना फोहोर व्यवस्थापनका फोकल पर्सनलाई बोलाएर स्वास्थ्य संस्थाजन्य फोहोर व्यवस्थापनसम्बन्धी एकदिने तालिम दिइएको थियो ।

यी सबै प्रयासपछि अस्पतालले संक्रमित फोहोर व्यवस्थापनमा चरम लापरबाही गरेको देखिएको महानगरले बताएको छ । अस्पतालले बारम्बार फोहोर व्यवस्थापनमा लापरबाही गरेपछि महानगरले अस्पतालको फोहोर संकलन रोक्ने बताएको छ । 

Fohor-Phohor-1724670984.jpgगत वर्ष महानगरपालिकाको भौगोलिक क्षेत्रभित्र सञ्चालनमा रहेका ५० वटा अस्पतालको फोहोर व्यवस्थापन अवस्था अनुगमन गरिएको थियो । यस क्रममा गलत अभ्यास भएका २० वटा अस्पतालको फोहोर संकलनमा रोक लगाइएको थियो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ १०, २०८१  १७:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro