site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
देउवाको घर अगाडि शंकास्पद वस्तु भेटिएपछि सुरक्षा व्यवस्थाबारे छलफल

सुदूरपश्चिम । कैलालीको धनगढी उपमहानगरपालिका–४ मा आज शंकास्पद वस्तु फेला परेको घटनापछि बसेको जिल्ला सुरक्षा समितिको बैठकमा सुरक्षा व्यवस्थालाई चुस्त एवं प्रभावकारी बनाउनेबारे छलफल गरिएको छ । 

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको धनगढी उपमहानगरपालिका–४, स्थित घर अगाडिको सडकमा फेला परेको शंकास्पद वस्तुलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले बिहान निष्क्रिय बनाएको छ ।

सुरक्षा समितिको बैठकमा सुरक्षा व्यवस्थालाई थप चुस्त एवं प्रभावकारी बनाउने बारेमा छलफल भएको कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिए । देउवाको घर परिसरमा चौबिसै घण्टा प्रहरीको पहरा रहने गरे पनि शंकास्पद वस्तु भेटिनुमा सुरक्षा कमजोरी भएको हुन सक्ने प्रजिअ मिश्रले बताए । 

उनले भने, “घटनास्थलमा कुनै पर्चा पम्प्लेट भेटिएको छैन, घटना शंकास्पद रहेको छ । फेला परेको उक्त वस्तु बम हो होइन भन्नेमा छानबिन भइरहेको छ, साँझसम्म पुष्टि भइसकेको छैन ।”

घरभित्र प्रवेश गर्ने मूल प्रवेशद्वार नजिकको सडकमा ‘विद्युतीय कितली’भित्र टिफिनको डब्बा फेला परेको थियो । उक्त वस्तु बम भएको आशंका गरिएको छ । 

गए राति १ बजेको समयमा शंकास्पद वस्तु फेला परेको सूचना पाएपछि राति नै प्रहरीको टोली घटनास्थलमा पुगेको थियो । घरमा पूर्वप्रधानमन्त्री देउवाका भतिजा सुदूरपश्चिम प्रदेशसभा सदस्य प्रकाशबहादुर देउवा बस्दै आएका छन् । घटनाको अनुसन्धान र संलग्न हुनेको खोजीलाई प्रहरीले तीव्र बनाएको छ । रासस

प्रकाशित मिति: आइतबार, भदौ ९, २०८१  २२:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro