site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
कृषिमन्त्रीको घोषणा– दुग्ध र उखु किसानको बक्यौता दसैँअघि भुक्तानी गर्छौँ 

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले आउँदो दसैँअघि दुग्ध र उखु किसानको बक्यौता भुक्तानी गरिने बताएका छन् ।

मन्त्री भएपछि आइतबार पहिलोपटक पत्रकार सम्मेलन गरेका उनले दुग्ध किसानको बक्यौतामध्ये ३३ करोड ५७ लाख रुपैयाँ भुक्तानी गरिएको जानकारी गराए । बाँकी रकम सकेसम्म भदौभित्रै भुक्तानीको प्रयास गरिने उनले उल्लेख गरे । उनले भदौभित्र सम्भव नभए दसैँअघि बक्यौता भुक्तानी गरिसक्ने बताए ।

दुग्ध किसानको अझै एक अर्ब २७ करोड रुपैयाँ भुक्तानी दिन बाँकी छ । उखु किसानको हालसम्म भुक्तानी बाँकी बक्यौता एक अर्ब ३० करोड रुपैयाँ छ ।

यस्तै, रासायनिक मलको वितरण तथा उपलब्धताका विषयमा जानकारी दिन कल सेन्टर सञ्चालनमा ल्याइएको छ । मन्त्रालयले पैसा नलाग्ने टोलफ्री नम्बर १६६००१७७७७९ सञ्चालनमा ल्याएको हो । समस्याका विषय फोनमार्फत कल सेन्टरमा टिपाउन किसानलाई मन्त्री अधिकारीले आह्वान गरे ।

रासायनिक मल खरिदको प्रक्रियाका निम्ति आफूले ५७ दिनको समय कायम गर्न खोजेको उनले बताए । हाल त्यो ११६ दिनको समय रहेको उनले उल्लेख गरे ।

प्रकाशित मिति: आइतबार, भदौ ९, २०८१  १९:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro