site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
माओवादी बैठक : जनपरिचालनको स्पष्ट कार्ययोजना बनाउन पार्टी नेृत्वलाई सुझाव
माओवादी केन्द्र स्थायी कमिटी बैठकको दृश्य । फाइल तस्बिर ।

काठमाडौं । पार्टीलाई जनमुखी बनाएर संगठन विस्तार, एकीकृत कार्ययोजनाका साथ जनपरिचालनको योजना बनाउन नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का नेताहरूले नेतृत्वलाई सुझाव दिएका छन् ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार बसेको उपत्यका विशेष प्रदेश, सम्पर्क समन्वय प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको परामर्श बैठकमा सहभागी नेताहरूले सरकारमा रहँदा भएगरेका सकारात्मक काम–कारबाहीलाई लिएर जनतामाझ जानुपर्ने, सुशासन, समृद्धिको योजनामा भएको प्रगतिका बारेमा आम रूपमा जानकारी गराउनुपर्ने धारणा राखेका थिए ।

Dabur Nepal
NIC Asia

पार्टीभित्र आन्तरिक एकतालाई सबल बनाउनुपर्ने, नेताहरू एकीकृत रूपमा परिचालित हुनुपर्ने तथा कुनै पनि विवाद र द्वेष राख्न नहुनेमा उनीहरूले जोड दिए । उनीहरूले वर्गतर्फ फर्कने वातावरण बनाउन नेतृत्वलाई आग्रह गरेका थिए ।

एकीकृत प्रयास गरिएको खण्डमा र विगतको गल्ती तथा कमजोरी स्वीकार गरेर अगाडि बढ्ने संकल्प भए पार्टी पूर्ण रूपमा पुनर्निर्माण भएर प्रमुख शक्ति बन्न सक्ने उनीहरूको धारणा थियो ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबारै नुवाकोट–काठमाडौं सम्पर्क समन्वय समितिले आयोजना गरेको कार्यक्रममा उक्त बैठक फलदायी भएको जानकारी गराएका थिए । उनले आफहरू लगातार बैठक र छलफलमा र पार्टीलाई थप सशक्त बनाउने दिशामा केन्द्रित रहेको बताएका थिए ।

बैठकमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षद्वय पम्फा भुसाल, अग्निप्रसाद सापकोटालगायत नेताको उपस्थिति थियो । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ ८, २०८१  २२:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro