site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
थामे बाढी : राहत र पुनर्स्थापनाका लागि काठमाडौं महानगरको २० लाख सहयोग

काठमाडौं । काठमाडौं महानगरपालिकाले बाढी प्रभावित गाउँपालिकालाई राहत र पुनर्स्थापनाका लागि २० लाख रुपैयाँ सहयोग उपलब्ध गराउने निर्णय गरेको छ ।

महानगरपालिकाका प्रमुख एवं महानगर विपद् व्यवस्थापन समितिका संयोजक बालेन्द्र शाह (बालेन)को अध्यक्षतामा शुक्रबार बसेको बैठकले सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाको कोषमा २० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो ।

गत साउन ३२ गते दिउँसो साढे १ बजे खुम्बुको थामेमा हिमपहिरो फुट्दा गेग्रान र ढुंगासहित आएको बाढीले एउटा विद्यालय, एउटा स्वास्थ्य चौकी, दुई वटा होटेल, १३ वटा घर पूर्ण र १० वटा घरमा आंशिक रूपमा क्षति भएको थियो । ९५० किलोवाट क्षमताको जलविद्युत् परियोजनामा क्षति पुगेको थियो । फुटेको हिमताल थामे बजारबाट करिब ९ किलोमिटर टाढा छ ।

यस्तै, पदमार्ग भत्किएर थामे र टोकटोकेको आवागमन अवरुद्ध भएको थियो । जोरसल्ले र फाक्दिङ्लगायत बस्तीमा जमिन कटान गरेको थियो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जलवायु परिवर्तनका कारण तापक्रम वृद्धि भएपछि ग्लेसियर र पर्माफ्रोस्ट पग्लिएर हिमताल विस्फोट भएको बताएको छ ।

 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, भदौ ७, २०८१  १८:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro