
काठमाडौं । नेपालको प्रमुखमध्येको अटोमोबाइल कम्पनी एमएडब्लू ग्रुपले विश्वस्तरीय कार ब्रान्ड डोङफेङको नामी विद्युतीय गाडी (ईभी) नेपालमा सार्वजनिक गरेको छ । नेपालको ह्याचब्याक ईभी सेग्मेन्टमा नामीले लक्जरी र इनोभेसनमा नयाँ मापदण्ड सेट गर्ने एमएडब्लूको विश्वास छ ।
काठमाडौंमा बिहीबार फेसन इभेन्टको आयोजना गर्दै कम्पनीले नामी ईभी सार्वजनिक गरेको हो । कम्पनीले यसलाई ‘द बिग ह्याच विथ फाइभ स्टार लक्जरी’ट्यागलाइन दिएको छ ।
कस्तो छ 'द बिग ह्याच विथ फाइभ स्टार लक्जरी' ?
डोङफेङको नामी ह्याचब्याक यस सेग्मेन्टमा नेपालकै ठूलो गाडी भएको कम्पनीले जनाएको छ । बजारमा उपलब्ध प्रतिस्पर्धी गाडीको तुलनामा ठूलो आकार र चौडाइसँगै सेग्मेन्ट फस्ट र सेग्मेन्ट बेस्ट फिचर छन् ।
नामीको लम्बाई ४०३० एमएम, चौडाइ १८१० एमएम, उचाइँ १५७० एमएम तथा ह्विलबेस २६६० एमएम छ । यसरी नामी सेग्मेन्टकै सबैभन्दा ठूलो ह्याचब्याक भएको कम्पनीको दाबी छ । १७ इन्चको टायरले यसको सौन्दर्य बढाउनुका साथै एसयूभीको जस्तो स्वरूप दिएको कम्पनीको भनाइ छ ।
नामीको स्लिक डिजाइनमा लक्जरियर इन्टेरियर र अत्याधुनिक स्मार्ट प्रविधि रहेको बताइएको छ । गाडीमा सेग्मेन्ट फस्ट वेलकम सिट, मेमोरी सिट, फ्रेमलेस डोर, फ्लस डोर ह्यान्डल, अटो पार्किंङ टेबल टपसहितको पेसेन्जर ड्रअर छ । यस्तै, इन्टेलिजेन्ट एसी सिस्टम, बेबी केयर मोड, रेस्ट मोड, रेन डिटेक्सन, हिटेड र भेन्टिलेटेड सिटले कारको कम्फर्ट र कन्भिनियन्सलाई प्रिमियम बनाएको कम्पनीले जनाएको छ ।
कति छ मूल्य ?
सेतो, निलो, बैजनी, हरियो र ड्युअल निलो–सेतो, हरियो–सेतो र बैजनी–सेतो गरी नामी सात रङमा उपलब्ध छ । गाडीको इन्टेरियर ब्ल्याक एन्ड ह्वाइट र ब्ल्याक एन्ड ग्रे गरी दुई रङमा उपलब्ध छ ।
गाडी तीन भेरियन्टमा उपलब्ध छ । जसमा नामी ई१, नामी ई२ र नामी ई३ छन् । यी तीनवटै भेरियन्टको मूल्य क्रमशः २९ लाख ९९ हजार, ३१ लख ९९ हजार र ३४ लाख ९९ हजार रुपैयाँ छ । ड्युल टोनको गाडीका लागि भने थप ५० हजार रुपैयाँ लाग्ने कम्पनीले जनाएको छ ।
के छन् अन्य फिचर ?
नामीको क्याबिनमा प्रिमियम लेदर सिट, हाई क्वालिट डबल डी डिजाइन स्टेरिङ ह्विल, १२.८ इन्चको एचडी डिस्प्लेजस्ता फिचर छन् । यसमा प्रयोग भएको वायरलेस चार्जर, टापुजस्तो देखिने आर्मरेस्ट र ९४५ लिटरसम्म फैलाउन सकिने बुट स्पेस तथा डबल साइज बेडमा परिणत गर्न सकिने इन्टेरियरले कारको कन्भिनियन्सलाई विशेष बनाएको छ । गाडी फुल्ली अटोमेटिक पार्किंङ सिस्टम, तीन ड्राइभिंग मोड (नर्मल, इको र स्पोर्ट) र ३६० डिग्री क्यामेराले सुरक्षा र कन्फिडेन्स दुवैलाई विशेष बनाएको कम्पनीको दाबी छ ।
कम्पनीले नामीको लेभल २ एडास, भेन्टिलेटेड र हिटेड सिट, १२.८ इन्चको टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, १७ इन्चको टायर, १२ वटा अल्ट्रासोनिक राडारसहितको ३६० डिग्री क्यामेरा, एडाप्टिभ क्रयुज कन्ट्रोल, अटोडिमिङ फिचरसहितको स्टार लाइट क्रिस्टल एलइडी हेडल्याम्प जस्ता सेग्मेन्टकै बेस्ट फिचरहरू भएको भनेको छ ।
यस ईभीमा प्रोक्सिमिटी लक अनलक, मल्टिकलर एम्बायन्ट लाइट, वान टच रेस्ट मोडसहितको फ्ल्याट फोर्ड फ्रन्ट सिट, एक्टर्नल डिस्चार्ज क्यापाबिलिटी, पर्सनलाइज्ड टचस्क्रिन सेन्ट्रल कन्सोल र लक्जरियर अर्बान इन्टेरियर स्पेस छ ।
बेस्ट इन क्लास सेफ्टी फिचर
गाडीमा एडाप्टिभ क्र्युज कन्ट्रोल, फवार्ड कोलिजन वार्निग, अटोमेटिक इमर्जेन्सी ब्रेकिङ, लेन किपिङ असिस्ट, लेन डिपार्चर वार्निङ र ट्राफिक साइन रेकगिनसन जस्ता लेभल २ एडाससहितको अत्याधुनिक सुरक्षा फिचर छन् । फाइभ स्टार एनसीएपी रेटिङ, उच्च स्तरको क्र्यास प्रोटेक्सन र सुरक्षा व्यवस्था रहेको नामीलाई प्योर ईभी क्वान्टम र आर्किटेक्चरले सुरक्षा र सुविधालाई थप राम्रो बनाएको कम्पनीको भनाइ छ ।
माइलेज कति ?
पर्मानेन्ट म्याग्नेट सिन्क्रोनस मोटरले पावर दिने नामीमा ७० किलोवाटको मोटर पावर र १६० एनएमको टर्क छ । यो ईभी ३१.४ किलोवाट आवर र ४२.३ किलोवाट आवर गरी दुई ब्याट्री अप्सनमा उपलब्ध छ । गाडीको रियल लाइफ रेन्ज ४३० किलोमिटर (सीएलटीसी) रहेको छ । गाडीले सीएलटीसी चक्रमा ३३० किलोमिटर र डब्लयूएलटीपी चक्रमा २३७ किलोमिटर रेन्ज दिने कम्पनीले जनाएको छ ।
सन् १९६९ मा स्थापना भएको चीनको प्रमुख चारमध्येको अटोमोबाइल कम्पनी र ६० वर्ष पुरानो नेपालको एमएडब्लू ग्रुपले यो ईभीमार्फत नेपाली उपभोक्तालाई विशेष अनुभव प्रदान गर्ने लक्ष्य रहेको बताएको छ ।