site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
'सिधा कुरा'लाई 'फेक' अडियो दिने राजकुमार तिमल्सिना बैंकिङ मुद्दाका फरार अरोपित

काठमाडौं । 'सिधा कुरा' डटकमलाई ‘फेक’ अडियो उपलब्ध गराएका राजकुमार तिमल्सिना बैंकिङ मुद्दाका फरार अरोपित भएको खुलेको छ ।

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–९ बस्ने ३७ वर्षीय तिमल्सिनालाई बुधबार प्रहरीले पक्राउ गरेको थियो ।

विद्युतीय कारोबार ऐनअन्तर्गतको कसुरमा पक्राउ परेका तिमल्सिनामाथि भक्तपुरस्थित प्रहरी वृत्त जगातीमा बैंकिङ कसुर मुद्दा रहेको खुलेको हो । काठमाडौं जिल्ला अदालतबाट गत असार ५ गते पक्राउ अनुमति जारी भएका तिमल्सिना फरार थिए ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनीमाथि प्रहरीको साइबर ब्युरोले विद्युतीय कारोबार अपराधमा अनुसन्धान थालेको छ ।

तिमिल्सिनाकै अडियोको आधामार सिधा कुराले ‘द डार्क फाइल’ नाम दिएर भिडिओ सामग्री प्रसारण गरेको थियो । उक्त प्रकरण सर्वोच्च अदालतसमेत पुगेको छ । सर्वोच्चले भदौ २० मा उक्त मुद्दाको फैसालको मिति तोकेको छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ ७, २०८१  १३:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro