site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
यस्तो बन्यो पल र पूजाको ‘रावायण’को ट्रेलर

काठमाडौं । भदौ २१ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र  ‘रावायण’को ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरमा एक्सनले प्राथमिकता पाएको छ । 

हिंसात्मक बाटोमा रहेको पात्र र प्रेमको रक्षाका लागि गर्ने पात्रबीचको संघर्षलाई ट्रेलरमा प्रस्तुत गरिएको छ । दोहोरो भूमिकामा देखिएका अभिनेता पल शाह एक्सन भूमिकामा छन् । 

चलचित्रमा अभिनेत्री पूजा शर्मा पत्रकारको भूमिकामा देखिएकी छिन् । उनलाई पाउन पलको दोहोरो चरित्र छ । 

अभिनेत्री प्रियंका कार्की मुस्लिम महिलाको भूमिकामा देखिएकी छन् । 

सुदर्शन थापा प्रोडक्सन र पूजा शर्मा प्रोडक्सनको व्यानरमा बनेको चलचित्रकी निर्माता पूजा शर्मा हुन् । सुशन पाठक कार्यकारी निर्माता रहेको सिनेमाका निर्देशक सुदर्शन थापा हुन् । 

पल, पूजा, प्रियंकासँगै प्रमोद अग्रहरि, निकीता चण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रदीप ढकाललगायतको अभिनय छ ।

सिनेमामा सुदर्शन थापाको कथा र शिवम अधिकारीको लेखन छ । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ ७, २०८१  ०६:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro