site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
कर्जा प्रदान गर्ने नेपालकै पहिलो डिजिटल वालेट बन्यो इसेवा

काठमाडौं । इसेवाले प्रयोगकर्ताहरूलाई व्यवसाय वृद्धिको लागि सरल डिजिटल कर्जा प्रदान गर्ने भएको छ । योसँगै नेपालको पहिलो डिजिटल वालेट पनि बनेको छ ।

हालै गुगल प्ले स्टोरमा एक करोडभन्दा बढी डाउनलोड हुने पहिलो नेपाली डिजिटल वालेट एप बनेको इसेवा अब अब यसबाट प्रयोगकर्ताहरूले बिनाकुनै धितो, कागजी प्रक्रिया वा लामो झन्झटरहित क्षणभरमै दुई लाखसम्मको व्यावसायिक कर्जा सजिलै प्राप्त गर्न सक्ने जानकारी दिइएको छ । कुमारी बैंक लिमिडेट र फोनलोनसँगको सहकार्यमा इसेवाले प्रदान गर्ने यस कर्जा सुविधालाई ‘इजी लोन’ नाम दिइएको छ ।

Argakhachi Cement Island Ad

पहिलो चरणमा इसेवा एजेन्टहरूलाई मात्र उपलब्ध रहेको यो सेवा भविष्यमा चाँडै सम्पूर्ण इसेवा प्रयोगकर्ताहरूलाई उपलब्ध हुने इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले बताएका छन् ।

‘इजी लोन’ को बारेमा थप बोल्दै प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले सबै प्रयोगकर्ता, एजेन्ट तथा मर्चेन्टलाई अहिलेसम्मको साथ सहयोगको लागि धन्यवाद दिँदै आगामी दिनहरूमा पनि यस्तै विभिन्न सेवाहरू लिएर आउने कुरामा पनि विश्वस्त पारे ।

भुक्तानी प्रदायक सेवाको रूपमा प्रख्यात इसेवाले आफ्ना प्रयोगकर्ताहरूलाई भुक्तानीबाहेकका अन्य थुप्रै नवीनतम् सेवाहरू पनि प्रदान गर्ने नयाँ आयाम ‘बियोण्डपेमेन्ट’को थालनी भएको घोषणा गरेको छ ।

प्रकाशित मिति: बिहीबार, भदौ ६, २०८१  १७:१२
प्रतिक्रिया दिनुहोस्