site stats
बाह्रखरी :: Baahrakhari
देश
'सिधा कुरा'विरुद्धको मुद्दामा अब भदौ २० गते फैसला हुने

काठमाडौं । सिधा कुरा अनलाइनले 'द डार्क फाइल' नाम दिएर प्रसारण गरेको अडियोलाई लिएर परेको मुद्दामा भदौ २० गते फैसला हुने भएको छ । अदालतका उपरजिस्ट्रार तथा सूचना अधिकारी गोविन्द घिमिरेले अब भदौ २० गते फैसला हुने जानकारी दिए ।

यसअघि, आज नै फैसला आउने भनिएको थियो । तर, इजलासमा रहेका न्यायाधीहरूबीच थप छलफल हुने भएकाले फैसलाको मिति सारिएको स्रोतले जनाएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ तथा न्यायाधीशहरू प्रकाशमानसिंह राउत, सपनाप्रधान मल्ल, प्रकाशकुमार ढुंगाना, हरिप्रसाद फुयाल, डा. नहकुल सुवेदी, विनोद शर्मा, महेश शर्मा पौडेल, बालकृष्ण ढकालको नौ सदस्यीय बृहत्पूर्ण इजलासले यसअघि साउन १७ मा सुनुवाइ भएपछि फैसलाको मिति तोकेको थियो । त्यसअघि संयुक्त इजलासबाट बृहत् पूर्ण इजलासमा पठाउने निर्णय भएको थियो । 

सिधा कुराले ‘द डार्क फाइल’ नाम दिएर पहिलोपटक ०८१ वैशाख १४ गते अडियो क्लिपसहितको भिडियो रिपोर्ट र समाचार सामग्री अनलाइन पोर्टल, युट्युब च्यानल र सामाजिक सञ्जालबाट सार्वजनिक गरेको थियो ।

‘स्टिङ अप्रेसन’ नाम दिएर सार्वजनिक सामग्रीमा ४३ वर्ष लामो करिअरमा विवादमै नआएका न्यायाधीश डा. आनन्दमोहन भट्टराईको नाम जोडिएको थियो । यसैगरी, पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया, अन्नपूर्ण दैनिकका अध्यक्ष क्याप्टेन रामेश्वर थापा, वरिष्ठ अधिवक्ता हरिप्रसाद उप्रेतीसहितको नाम मुछिएको थियो ।

प्रकाशित मिति: बिहीबार, भदौ ६, २०८१  १६:२१
प्रतिक्रिया दिनुहोस्