site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कमल थापाको प्रस्ताव– सहमतिमै राजसंस्थालाई अभिभावकको रूपमा राखौँ

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजसंस्थालाई सहमतिमै अभिभावकको रूपमा राख्न आग्रह गरेका छन् । राप्रपा नेपाल काठमाडौं–८ क्षेत्रीय समितिले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा थापाले नेपा ल र नेपालीको अस्तित्व रक्षाका लागि राजसंस्थाको महत्त्वपूर्ण योगदान रहेको जिकिर गरे ।

उनले धर्म, संस्कृति, मूल्य, मान्यता मासेर दे शको विकास नहुने भएकाले सनातन धर्मको संरक्षण गर्दै हिन्दुराष्ट्र बनाउनुपर्नेमा जोड दिए । 

अहिलेको व्यवस्थाले भ्रष्टाचार र कुशासनलाई संस्थागत गरेको उनको आरोप छ । अध्यक्ष थापाले 'भ्रष्टतन्त्र' व्यवस्था धेरै लामो समय नटिक्ने बताए ।

उनले बलियो राष्ट्रवादी, प्रजातन्त्रवादी, हिन्दुवादी, राजसंस्थावादी शक्ति बनाउन राप्रपा नेपाललाई बलियो बनाउनुपर्ने बताए ।

कार्यक्रममा विष्णु भण्डारी, राजाराम बर्तौला, प्रदीप कार्की, उज्वल पोखरेललगायतले बोलेका थिए ।

प्रकाशित मिति: बिहीबार, भदौ ६, २०८१  १६:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro